आईपीएल २०२५ : पञ्जावसँग लखनउ आठ विकेटले पराजित

काठमाडौं : पञ्जाव किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा लगातार दोस्रो जित निकाल्ने क्रममा लखनउ सुपर जायन्टलाई आठ विकेटले हराएको छ ।

मंगलबार राति भएको खेलमा लखनउले प्रस्तुत गरेको १७२ रनको लक्ष्य पञ्जावले १६.२ ओभरमा दुई विकेट गुमाएर भेट्टाएको हो । पञ्जावको जितमा ओपनर प्रवसिमरान सिंहले ३४ बलमा ६९ रन बनाएका थिए । उनले ९ चौका र ३ छक्का प्रहार गरे । कप्तान श्रेयस ऐयरले ३० बलमा अविजित ५२ रन बनाए । नेहाल वाधेराले ४३ रन थपे ।

लखनउका दिगभेस राठीले दुई विकेट हात पारे । त्यसअघि, टस हारेर ब्याटिङमा आएको लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७१ रनको योगफल खडा गरेको थियो । लखनउका निकोलस पुरनले सर्वाधिक ४४, आयुष बादोनीले ४१, अब्दुस समादले २७ रनको योगदान गरेका थिए । पुरन र बादोनीले ४० बलमा ५४ रनको साझेदारी गरेका हुन् ।

बलिङतर्फ पञ्जावका अर्शदीप सिंहले सर्वाधिक तीन विकेट लिए । यस्तै, लकी फर्गुसन, ग्लेन म्याक्सवेल, मार्को जान्सेन र युजवेन्द्र चहलले समान एक विकेट लिए ।

जितसँगै पञ्जाव दुई खेलबाट ४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लखनउ तीन खेलबाट दुई अंकसहित छैटौँ स्थानमा छ ।

विदेशबाट फर्केर व्यावसायिक कृषि कर्ममा सक्रिय बन्दै अधिकारी

भोजपुर : भोजपुरको अरुण गाउँपालिका–७ ढुङ्गेका लक्ष्मीप्रसाद अधिकारी विदेशबाट फर्किएपछि व्यावसायिक कृषि कर्ममा सक्रिय बन्दै उदाहरणीय किसानका रूपमा स्थापित भएका छन्। करिब छ वर्ष मलेसियामा

Read More »

बिपी राजमार्ग रातको समयमा अनिश्चितकालीन बन्द

काभ्रेपलाञ्चोक : बेमौसमी वर्षासँगै आउने पहिरोका कारण दिनानुदिन बिपी राजमार्ग अवरुद्ध हुन थालेपछि काभ्रेपलाञ्चोकस्थित सडकखण्डमा रातको समयमा गराउँदै आइएको अनिश्चितकालीन बन्द शुक्रबारदेखि पुनः थप गरिएको

Read More »

म प्रधानमन्त्री बन्ने चर्चा र अड्कलबाजी निराधार हो : लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणपछि प्रधानमन्त्री बन्ने चर्चा र अड्कलबाजीलाई अस्वीकार गर्दै रास्वपा स्थिर सरकारको पक्षमा रहेको बताएका

Read More »

श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु

काठमाडौं : श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारका ४२ वर्षीय कुमार थापा मगरले गएराति घरायसी विवादमा फलामको रडले प्रहार

Read More »

राजनीतिक शक्तिहरूको डर नै म हो : दुर्गा प्रसाईं

काठमाडौं : नागरिक बचाउ महाअभियान नेपाल र राप्रपा परित्याग गरेका नेता डा. धवलशमशेर राणाको नेतृत्वमा रहेको समूहबीच राजनीतिक दल निर्माण गर्ने सहमती गरिएको छ। शुक्रबार

Read More »

छानबिन समितिबाट सुधनलाई ‘क्लिन चिट’, फेरि गृहमन्त्रीमा फर्कन्छन् ?

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिनका लागि गठित समितिले प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको छ । विवादित व्यवसायी दीपक भट्टसँग व्यवसायीक सम्बन्ध रहेको खुलासा भएपछि

Read More »