‘चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव’ रसुवामा,२ दर्जन बढी सिनेमा देखाइने

काठमाडौँ। ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (NERUFF) को चौथो संस्करण रसुवा जिल्लाको गोसाईकुण्ड गाउँ पालिकामा हुने भएको छ। आयोजक सेलिब्रेटी नेपालले बिहिबार रसुवा जिल्लाको सदरमुकाम धुन्चेमा पत्रकार सम्मेलन गर्दै वैशाख ४ देखि ६ गतेसम्म महोत्सव गर्न लागिएको जानकारी दिएको हो।

प्रत्येक वर्ष फरक-फरक जिल्लाको ग्रामीण भेगमा आयोजना गर्ने महोत्सवमा ग्रामीण परिवेशमा बनेका नेपाली फिचर फिल्म, शर्ट फिल्म, डकुमेन्ट्री र कल्चर फिल्महरू प्रदर्शन गर्ने गरिनेछ। साथै नेपाली सिनेमा पर्यटन र ग्रामीण कथालाई समेटेर विभिन्न संवाद कार्यक्रमहरू पनि गरिने महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले बताए। महोत्सवमा नेपाली चलचित्र प्रदर्शन संगै स्थानीय पर्यटन प्रवर्दन र स्थानीय कला संस्कृतिको प्रचार प्रसार गरिने सापकोटाले बताए। महोत्सव संयोजकमा निर्देशक कमल एक्चै मगर छन्

महोत्सवमा करिव २ दर्जन फिल्म देखाउने र फिल्मका सम्बन्धित व्यक्तिहरूसंग गाउँले दर्शकले अन्तरक्रिया पनि गर्नेछन्। रसुवा जिल्लामा फिल्म हल समेत नभएकाले फिल्म हेर्न रूचि राख्ने दर्शकहरूलाई महोत्सवले पूर्ण मनोरञ्जन दिनुका साथै फिल्म क्षेत्रको प्रचार प्रसारमा समेत भूमिका खेल्ने आयोजकको विश्वास छ। महोत्सवमा करिब ४ हजार दर्शक उपस्थित गराउने लक्ष्य आयोजकको छ।

महोत्सवमा चलचित्र विकास बोर्डले सहकार्य गरेको छ। गोसाईकुण्ड गाउँपालिका रसुवाले बार्षिक रुपमा आयोजना गर्दै आएको चौंथो पालिका कप भलिबल प्रतियोगिता पनि बैशाख ३ गते देखि ६ गते सम्म हुनेछ। रसुवा जिल्लाको पर्यटन प्रवर्धनमा यस्ता कार्यक्रमले बिसेष महत्व राख्ने र जिल्लालाई देश तथा बिदेशमा समेत चिनाउने आयोजकले दावी गरेको छ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »