म्युजिक नेपालको युट्युबमार्फत ‘यो माया बसेर होकी’ भिडियो सार्वजनिक

काठमाडौँ। लोकप्रिय गायक रामकृष्ण ढकाल र नवगायिका काजोल कार्कीको सुमधुर स्वरमा सजिएको नयाँ रोमान्टिक गीत ‘यो माया बसेर होकी’ को भिडियो सार्वजनिक गरिएको छ।

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको उक्त गीतमा कुशल सिंहले संगीत संयोजन गरेका छन्। भिडियोमा गायक ढकाल र कार्की स्वयं फिचर्ड छन्, जसले गीतलाई झनै प्रभावशाली बनाएको छ।

नेपाली संगीत क्षेत्रमा सम्भावना बोकेर प्रवेश गरेकी काजोल कार्कीले बरिष्ठ गायक रामकृष्ण ढकालसँगको युगल गायनमा आफू निकै उत्साहित भएको बताएकी छिन्। दुवै कलाकारबीचको केमेस्ट्रीलाई दर्शकले मन पराउने अपेक्षा गरिएको छ।

गीतको भिडियो सुनील क्षेत्रीको निर्देशनमा तयार भएको हो भने कोरियोग्राफी अबि वाग्लेको रहेको छ। दुर्गा पौडेलको छायाँकन तथा बिकाश ज्ञवालीको सम्पादनमा तयार पारिएको भिडियो म्युजिक नेपालको अफिसियल यु ट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

राजनीतिक शक्तिहरूको डर नै म हो : दुर्गा प्रसाईं

काठमाडौं : नागरिक बचाउ महाअभियान नेपाल र राप्रपा परित्याग गरेका नेता डा. धवलशमशेर राणाको नेतृत्वमा रहेको समूहबीच राजनीतिक दल निर्माण गर्ने सहमती गरिएको छ। शुक्रबार

Read More »

छानबिन समितिबाट सुधनलाई ‘क्लिन चिट’, फेरि गृहमन्त्रीमा फर्कन्छन् ?

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिनका लागि गठित समितिले प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको छ । विवादित व्यवसायी दीपक भट्टसँग व्यवसायीक सम्बन्ध रहेको खुलासा भएपछि

Read More »

काठमाडौंलाई सडक सहयोगापेक्षीमुक्त सहर बनाउने अभियान तीव्र, २ हजार ४२१ को उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक सहयोगापेक्षी (बेसहारा) मानवमुक्त सहर निर्माण गर्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ । महानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै २०७४

Read More »

साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

काठमाडौँ । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लागेर बन्द भएको छ। यस दिन नेप्से सूचक ११.३७ अङ्क अर्थात् ०.४१ प्रतिशतले घटेर

Read More »

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्दै पौडेलले भाषा, साहित्य र संस्कृति नेपालको मौलिक पहिचान तथा राष्ट्रिय गौरवका आधार भएको बताएका छन्। शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औं जन्मजयन्तीको

Read More »

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव भएको बताएका छन् । शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्म

Read More »