सिटी सेन्टरमा मिस एण्ड मि. आइडल सिजन २ को पत्रकार सम्मेलन सम्पन्न

काठमाडौं, चैत्र २८ – स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड मि. जुनियर एण्ड सिनियर आइडल सिजन २” को पत्रकार सम्मेलन राजधानीको सिटी सेन्टर, कमलादीस्थित फूड कोर्टमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रतियोगितासम्बन्धी विस्तृत जानकारी सार्वजनिक गर्दै प्रतिभाशाली बालबालिकाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अगाडि ल्याउने लक्ष्य रहेको आयोजकले जनाएको छ।

सन् २०१९ मा अवधारणा तयार गरी २०२० मा स्थापना भएको स्पार्कल इन्टरटेन्मेन्टले यसअघि २०२१ मा “मिस तथा मिसेस युनिभर्सल” कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको थियो। त्यसैको निरन्तरता स्वरूप यो वर्ष सिजन २ को आयोजना गरिएको हो।

प्रतियोगितामा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरूले सहभागिता जनाउन सक्नेछन्। सहभागीहरूलाई उमेरका आधारमा तीन समूहमा विभाजन गरिएको छ – समुह ए (५–८ वर्ष), समुह बि (९–१२ वर्ष), र समूह सि (१३–१५ वर्ष)। समूह ए र बि का लागि शुल्क १० हजार तोकिएको छ भने समूह सि का लागि शुल्क १० हजार रुपैयाँ निर्धारण गरिएको छ। तर चैत २९ गतेभन्दा अगाडि आवेदन दिने सहभागीहरूलाई विशेष छुट दिइनेछ, जसअनुसार उनीहरूले १५ हजारको सट्टा १० हजार रुपैयाँमै सहभागी हुन पाउनेछन्।

प्रतियोगिताको प्रशिक्षण कार्यक्रम बैशाख ६ गतेदेखि सुरु हुनेछ, जुन प्रत्येक शनिबार त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा हुनेछ। फाइनल कार्यक्रम जेठ ३ गतेका लागि तोकिएको छ। प्रतियोगितामा ट्यालेन्ट शो, ब्यूटी शो, तीनवटा फोटोषुट, १५–१९ सेकेन्डको भिडियो प्रस्तुति, तथा आयोजकबाट प्रदान गरिने टि–शर्ट समावेश गरिनेछ। अन्य आवश्यक पोशाक भने सहभागीले आफैंले ल्याउनु पर्नेछ।

कार्यक्रमको कोरियोग्राफर रोहित शाक्य रहनेछन्। निर्णायक मण्डलमा वरिष्ठ कलाकारहरू तथा वरिष्ठ पत्रकारहरू रहनेछन्, जसले प्रतियोगितालाई निष्पक्ष र गुणस्तरीय मूल्याङ्कन गर्ने अपेक्षा गरिएको छ। हालसम्म ४० जनामध्ये २० जना सहभागीहरू निश्चित भइसकेका छन् भने बाँकीका लागि आवेदन खुला छ।

प्रतियोगिता विभिन्न साझेदार संस्थाहरूको सहकार्यमा सम्पन्न हुनेछ। को-स्पोन्सरका रूपमा काठमाडौं वर्ल्ड स्कूल, मेकअप पार्टनर मुरार्की एकेडेमी, डिस्प्ले पार्टनर गोथे इन्क, फेसन एजुकेसन पार्टनर सेन्टर फेसन एजुकेसन, भोटिङ पार्टनर खल्ती, वेलनेस केयर पार्टनर ब्लिस्फुल वेलनेस, र ज्वेलरी पार्टनर द क्रीसङ कलेक्सन रहेका छन्।

स्पार्कल इन्टरटेन्मेन्टले यो प्रतियोगितामार्फत बालबालिकाहरूको आत्मविश्वास, प्रतिभा र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

एनपिएलका सबै खेल हेर्न डिसहोमका ग्राहकले अतिरिक्त शुल्क तिर्न नपर्ने

काठमाडौं, ९ कात्तिक । बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सोमबारदेखि सुरु हुँदैछ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले कीर्तिपुर क्रिकेट मैदानमा एनपिएलको औपचारिक उद्घाटन

Read More »

बिहीबार मध्याह्नदेखि शुक्रबार रातिसम्म भीषण वर्षा र हिमपात हुने

काठमाडौं, ९ कात्तिक । बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीका कारण बिहीबारदेखि शनिबारसम्म देशभर भीषण वर्षा र व्यापक हिमपात हुने भएको छ । मौसमविद् उज्ज्वल

Read More »

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ कात्तिक १२ गते

काठमाडौं, ९ कात्तिक । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले कात्तिक १२ गते शपथ लिने भएका छन् ।  कांग्रेस केन्द्रीय कार्यालयका अनुसार शपथ ग्रहण

Read More »

एनपीएल आजवाटः उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं, ९ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ। यो

Read More »

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पुजा अर्चना

भक्तपुर, ८ कार्तिक ।राष्ट्रपति  रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गरेका छन्

Read More »

आज कोजाग्रत पूर्णिमा

काठमाडाैं, ८ कार्तिक । कोजाग्रत पूर्णिमा आश्विन शुक्ल पक्षको पूर्णिमा तिथिमा मनाइने हिन्दूहरूको एक अत्यन्तै महत्वपुर्ण पर्व हो।  धार्मिक मान्यता अनुसार, यस रात धनधान्यकी देवी माता

Read More »