सिटी सेन्टरमा मिस एण्ड मि. आइडल सिजन २ को पत्रकार सम्मेलन सम्पन्न

काठमाडौं, चैत्र २८ – स्पार्कल इन्टरटेन्मेन्टको आयोजना तथा सिइयो नितु कुमारी श्रेष्ठको नेतृत्वमा “मिस एण्ड मि. जुनियर एण्ड सिनियर आइडल सिजन २” को पत्रकार सम्मेलन राजधानीको सिटी सेन्टर, कमलादीस्थित फूड कोर्टमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रतियोगितासम्बन्धी विस्तृत जानकारी सार्वजनिक गर्दै प्रतिभाशाली बालबालिकाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अगाडि ल्याउने लक्ष्य रहेको आयोजकले जनाएको छ।

सन् २०१९ मा अवधारणा तयार गरी २०२० मा स्थापना भएको स्पार्कल इन्टरटेन्मेन्टले यसअघि २०२१ मा “मिस तथा मिसेस युनिभर्सल” कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको थियो। त्यसैको निरन्तरता स्वरूप यो वर्ष सिजन २ को आयोजना गरिएको हो।

प्रतियोगितामा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरूले सहभागिता जनाउन सक्नेछन्। सहभागीहरूलाई उमेरका आधारमा तीन समूहमा विभाजन गरिएको छ – समुह ए (५–८ वर्ष), समुह बि (९–१२ वर्ष), र समूह सि (१३–१५ वर्ष)। समूह ए र बि का लागि शुल्क १० हजार तोकिएको छ भने समूह सि का लागि शुल्क १० हजार रुपैयाँ निर्धारण गरिएको छ। तर चैत २९ गतेभन्दा अगाडि आवेदन दिने सहभागीहरूलाई विशेष छुट दिइनेछ, जसअनुसार उनीहरूले १५ हजारको सट्टा १० हजार रुपैयाँमै सहभागी हुन पाउनेछन्।

प्रतियोगिताको प्रशिक्षण कार्यक्रम बैशाख ६ गतेदेखि सुरु हुनेछ, जुन प्रत्येक शनिबार त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा हुनेछ। फाइनल कार्यक्रम जेठ ३ गतेका लागि तोकिएको छ। प्रतियोगितामा ट्यालेन्ट शो, ब्यूटी शो, तीनवटा फोटोषुट, १५–१९ सेकेन्डको भिडियो प्रस्तुति, तथा आयोजकबाट प्रदान गरिने टि–शर्ट समावेश गरिनेछ। अन्य आवश्यक पोशाक भने सहभागीले आफैंले ल्याउनु पर्नेछ।

कार्यक्रमको कोरियोग्राफर रोहित शाक्य रहनेछन्। निर्णायक मण्डलमा वरिष्ठ कलाकारहरू तथा वरिष्ठ पत्रकारहरू रहनेछन्, जसले प्रतियोगितालाई निष्पक्ष र गुणस्तरीय मूल्याङ्कन गर्ने अपेक्षा गरिएको छ। हालसम्म ४० जनामध्ये २० जना सहभागीहरू निश्चित भइसकेका छन् भने बाँकीका लागि आवेदन खुला छ।

प्रतियोगिता विभिन्न साझेदार संस्थाहरूको सहकार्यमा सम्पन्न हुनेछ। को-स्पोन्सरका रूपमा काठमाडौं वर्ल्ड स्कूल, मेकअप पार्टनर मुरार्की एकेडेमी, डिस्प्ले पार्टनर गोथे इन्क, फेसन एजुकेसन पार्टनर सेन्टर फेसन एजुकेसन, भोटिङ पार्टनर खल्ती, वेलनेस केयर पार्टनर ब्लिस्फुल वेलनेस, र ज्वेलरी पार्टनर द क्रीसङ कलेक्सन रहेका छन्।

स्पार्कल इन्टरटेन्मेन्टले यो प्रतियोगितामार्फत बालबालिकाहरूको आत्मविश्वास, प्रतिभा र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »