दुई दिने धर्म, संस्कृति सम्मेलन आयोजना गरिँदै

काठमाडौँ : नेपाल धर्म संस्कृति अध्ययन सङ्घ (एएससिआर–नेपाल)ले संस्कृति तथा सम्पदासम्बन्धी राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । सङ्घले नेशनल कलेजसँगको सहकार्यमा धर्म, संस्कृति तथा सम्पदाको अनुसन्धानलाई अघि बढाउने उद्देश्यसहित पहिलो राष्ट्रिय सम्मेलन गर्न लागेको हो । सम्मेलन यही वैशाख ११ र १२ गते नेशनल कलेज, धुम्बाराहीमा हुनेछ । सम्मेलनको उद्देश्य ‘विगत र वर्तमानको समन्वयः सांस्कृतिक अभ्यास र धर्मको बुझाइ’ रहेको नेपाल धर्म संस्कृति अध्ययन सङ्घका अध्यक्ष प्राडा सोमप्रसाद खतिवडाले राससलाई जानकारी दिनुभयो । सम्मेलनमा ३२ जना अनुसन्धानकर्ताले धर्म, संस्कृति, पुरातत्व तथा सम्पदासँग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । सम्मेलनले मुलुकभरका नयाँ र अनुभवी अनुसन्धानकर्ता, प्राध्यापक तथा संस्कृतिसँग सम्बन्धित सरोकारवालालाई एकै ठाउँमा ल्याउन सहयोग पु¥याउने प्राडा खतिवडाले जानकारी दिनुभयो ।

युवा अनुसन्धानकर्ताका लागि विशेष रूपमा तयार पारिएको प्राज्ञिक लेखनबारे ११ गतेको पहिलो सेमिनारले सहयोग गर्ने जनाइएको छ । वैशाख १२ गते सम्मेलनका सबै भावमा समूहगत छलफल हुने जनाइएको छ । सम्मेलनमा विश्वविद्यालयका प्राध्यापक, शिक्षक, विद्यार्थी र नेपालको मूर्त तथा अमूर्त सम्पदाको अध्ययन, अनुसन्धान र संरक्षणमा आवद्ध विभिन्न सङ्घ संस्थाका प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलनका अनुसन्धानमूलक कार्यपत्रलाई कलेजले नियमित प्रकाशन गर्ने जर्नलमा प्रकाशित गरिने सह–आयोजक नेशनल कलेजका प्राचार्य माधव न्यौपानेले बताउनुभयो । सम्मेलनमा काठमाडौँ विश्वविद्यालयका उपकुलपति अच्युतप्रसाद वाग्ले र त्रिभुवन विश्वविद्यालयका पूर्वकुलसचिव पेशल दाहाल प्रमुख वक्ता रहनुहुने जनाइएको छ ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »