दुई दिने धर्म, संस्कृति सम्मेलन आयोजना गरिँदै

काठमाडौँ : नेपाल धर्म संस्कृति अध्ययन सङ्घ (एएससिआर–नेपाल)ले संस्कृति तथा सम्पदासम्बन्धी राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । सङ्घले नेशनल कलेजसँगको सहकार्यमा धर्म, संस्कृति तथा सम्पदाको अनुसन्धानलाई अघि बढाउने उद्देश्यसहित पहिलो राष्ट्रिय सम्मेलन गर्न लागेको हो । सम्मेलन यही वैशाख ११ र १२ गते नेशनल कलेज, धुम्बाराहीमा हुनेछ । सम्मेलनको उद्देश्य ‘विगत र वर्तमानको समन्वयः सांस्कृतिक अभ्यास र धर्मको बुझाइ’ रहेको नेपाल धर्म संस्कृति अध्ययन सङ्घका अध्यक्ष प्राडा सोमप्रसाद खतिवडाले राससलाई जानकारी दिनुभयो । सम्मेलनमा ३२ जना अनुसन्धानकर्ताले धर्म, संस्कृति, पुरातत्व तथा सम्पदासँग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । सम्मेलनले मुलुकभरका नयाँ र अनुभवी अनुसन्धानकर्ता, प्राध्यापक तथा संस्कृतिसँग सम्बन्धित सरोकारवालालाई एकै ठाउँमा ल्याउन सहयोग पु¥याउने प्राडा खतिवडाले जानकारी दिनुभयो ।

युवा अनुसन्धानकर्ताका लागि विशेष रूपमा तयार पारिएको प्राज्ञिक लेखनबारे ११ गतेको पहिलो सेमिनारले सहयोग गर्ने जनाइएको छ । वैशाख १२ गते सम्मेलनका सबै भावमा समूहगत छलफल हुने जनाइएको छ । सम्मेलनमा विश्वविद्यालयका प्राध्यापक, शिक्षक, विद्यार्थी र नेपालको मूर्त तथा अमूर्त सम्पदाको अध्ययन, अनुसन्धान र संरक्षणमा आवद्ध विभिन्न सङ्घ संस्थाका प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलनका अनुसन्धानमूलक कार्यपत्रलाई कलेजले नियमित प्रकाशन गर्ने जर्नलमा प्रकाशित गरिने सह–आयोजक नेशनल कलेजका प्राचार्य माधव न्यौपानेले बताउनुभयो । सम्मेलनमा काठमाडौँ विश्वविद्यालयका उपकुलपति अच्युतप्रसाद वाग्ले र त्रिभुवन विश्वविद्यालयका पूर्वकुलसचिव पेशल दाहाल प्रमुख वक्ता रहनुहुने जनाइएको छ ।

एनपिएलका सबै खेल हेर्न डिसहोमका ग्राहकले अतिरिक्त शुल्क तिर्न नपर्ने

काठमाडौं, ९ कात्तिक । बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सोमबारदेखि सुरु हुँदैछ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले कीर्तिपुर क्रिकेट मैदानमा एनपिएलको औपचारिक उद्घाटन

Read More »

बिहीबार मध्याह्नदेखि शुक्रबार रातिसम्म भीषण वर्षा र हिमपात हुने

काठमाडौं, ९ कात्तिक । बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीका कारण बिहीबारदेखि शनिबारसम्म देशभर भीषण वर्षा र व्यापक हिमपात हुने भएको छ । मौसमविद् उज्ज्वल

Read More »

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ कात्तिक १२ गते

काठमाडौं, ९ कात्तिक । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले कात्तिक १२ गते शपथ लिने भएका छन् ।  कांग्रेस केन्द्रीय कार्यालयका अनुसार शपथ ग्रहण

Read More »

एनपीएल आजवाटः उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं, ९ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ। यो

Read More »

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पुजा अर्चना

भक्तपुर, ८ कार्तिक ।राष्ट्रपति  रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गरेका छन्

Read More »

आज कोजाग्रत पूर्णिमा

काठमाडाैं, ८ कार्तिक । कोजाग्रत पूर्णिमा आश्विन शुक्ल पक्षको पूर्णिमा तिथिमा मनाइने हिन्दूहरूको एक अत्यन्तै महत्वपुर्ण पर्व हो।  धार्मिक मान्यता अनुसार, यस रात धनधान्यकी देवी माता

Read More »