यस्तो छ फिल्म ‘एक्लो’मा दिया पुनको क्यारेक्टर लुक्स

काठमाडौं, १४ वैशाख । नेपाली फिचर फिल्म ‘एक्लो’को अभिनेत्री दिया पुनको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ ।

आज मातातिर्थ औंशी आमाको मुख हेर्ने दिनको अवसर पारेर पोस्टर सार्वजनिक गरिएको हो । पोस्टर सार्वजनिक गर्दै निर्देशक प्रदीप शाही सामाजिक सञ्जालमा लेख्छन् ‘आज हामी गर्वका साथ हाम्रो आफ्नै दिया पुनलाई प्रस्तुत गर्दैछौँ – एक प्रतिभाशाली अभिनेत्री, जसको अद्भुत साहसिकता पनि छ, उहाँले सगरमाथा समेत आरोहण गर्नुभएको छ । यो आमाको दिनको अवसरमा, उहाँले फिल्ममा एउटा समर्पित र मायालु आमाको भूमिका निर्वाह गरेको योगदानलाई सम्मान गर्ने उपयुक्त मौका हो । सबै आमाहरूलाई सुखद आमाको दिनको शुभकामना । आउनुहोस्, हामी हाम्रा आमाहरूलाई आज मात्र होइन, उहाँहरूको जीवनभर प्रेम, माया र सम्मान गरौँ ।’

साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको फिल्मको पोस्टरमा दिया पुनको नाम एस्ट्रोनट पुन छ ।

फिल्मका निर्देशक प्रदीप शाही हुन् । शाहीको यो तेस्रो निर्देशकीय फिल्म हो । लामो समयदेखि बेलायत बस्दै आएका शाहीले ‘एक्लो’लाई हलिउडस्तरको फिल्म बनाउने तयारीका साथ जुटेका छन् । हाल फिल्मको लण्डनमा पोस्ट प्रोडक्सनको कार्य भइरहेको छ । निर्देशक प्रदीप शाही केहीदिनअघि कान्स प्रोड्यूसर्स नेटवर्कका लागि चयन भएका छन् । कान्समा शाही चयन भएसँगै उनको फिल्म ‘एक्लो’को चर्चा बढेको छ ।

फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिङ ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री , विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहेको छ ।

फिल्म ‘एक्लो’ का निर्माता राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ रहेका छन् ।

बाबु श्रेष्ठको छायाङ्कन रहेको चलचित्रमा राजु तामाङको द्वन्द्व निर्देशन, सेट डिजाइनरमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा तथा प्रोडक्सन डिजाइनरमा द्रोण प्रसाद पौडेल ‘ठेउके’ रहेका छन् ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »