यस्तो छ फिल्म ‘एक्लो’मा दिया पुनको क्यारेक्टर लुक्स

काठमाडौं, १४ वैशाख । नेपाली फिचर फिल्म ‘एक्लो’को अभिनेत्री दिया पुनको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ ।

आज मातातिर्थ औंशी आमाको मुख हेर्ने दिनको अवसर पारेर पोस्टर सार्वजनिक गरिएको हो । पोस्टर सार्वजनिक गर्दै निर्देशक प्रदीप शाही सामाजिक सञ्जालमा लेख्छन् ‘आज हामी गर्वका साथ हाम्रो आफ्नै दिया पुनलाई प्रस्तुत गर्दैछौँ – एक प्रतिभाशाली अभिनेत्री, जसको अद्भुत साहसिकता पनि छ, उहाँले सगरमाथा समेत आरोहण गर्नुभएको छ । यो आमाको दिनको अवसरमा, उहाँले फिल्ममा एउटा समर्पित र मायालु आमाको भूमिका निर्वाह गरेको योगदानलाई सम्मान गर्ने उपयुक्त मौका हो । सबै आमाहरूलाई सुखद आमाको दिनको शुभकामना । आउनुहोस्, हामी हाम्रा आमाहरूलाई आज मात्र होइन, उहाँहरूको जीवनभर प्रेम, माया र सम्मान गरौँ ।’

साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको फिल्मको पोस्टरमा दिया पुनको नाम एस्ट्रोनट पुन छ ।

फिल्मका निर्देशक प्रदीप शाही हुन् । शाहीको यो तेस्रो निर्देशकीय फिल्म हो । लामो समयदेखि बेलायत बस्दै आएका शाहीले ‘एक्लो’लाई हलिउडस्तरको फिल्म बनाउने तयारीका साथ जुटेका छन् । हाल फिल्मको लण्डनमा पोस्ट प्रोडक्सनको कार्य भइरहेको छ । निर्देशक प्रदीप शाही केहीदिनअघि कान्स प्रोड्यूसर्स नेटवर्कका लागि चयन भएका छन् । कान्समा शाही चयन भएसँगै उनको फिल्म ‘एक्लो’को चर्चा बढेको छ ।

फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिङ ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री , विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंह लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहेको छ ।

फिल्म ‘एक्लो’ का निर्माता राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ रहेका छन् ।

बाबु श्रेष्ठको छायाङ्कन रहेको चलचित्रमा राजु तामाङको द्वन्द्व निर्देशन, सेट डिजाइनरमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा तथा प्रोडक्सन डिजाइनरमा द्रोण प्रसाद पौडेल ‘ठेउके’ रहेका छन् ।

इच्छाराज सर्वोच्चबाट पनि दोषी ठहर, ३ वर्ष कैद र पौने दुई अर्ब जरिवानाको सजाय सदर

काठमाडौँ । सम्पत्ति शुद्धीकरणको मुद्दामा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सर्वोच्च अदालतबाट पनि दोषी ठहर भएका छन् । विशेष अदालतको फैसला बदरको माग गर्दै तारेखमा

Read More »

जनताको पक्षमा काम गर्ने पार्टी माओवादी केन्द्र नै हो: प्रचण्ड

दैलेख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँगको सम्बन्ध सुदृढ गर्न मध्यपहाडी लोकमार्ग केन्द्रित  जनअभियान सञ्चालन गरिएको बताएका छन् ।  उनले स्थानीयतालाई संरक्षण

Read More »

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मत रुपमा पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले शहीद दशरथ

Read More »

जनकपुरधाम भन्सारबाट रु ३४ करोड २८ लाख राजस्व सङ्कलन

जनकपुरधाम : जनकपुर भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्म रु ३४ करोड २८ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चालु आवमा

Read More »

प्रधानमन्त्रीद्वारा टेबल टेनिस खेलाडीलाई बधाई

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एसियाली युुथ टेबल टेनिस प्रतियोगिता’मा पदक विजेता खेलाडीलाई बधाई ज्ञापन गर्नुुुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित

Read More »

वीरगञ्ज क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छः मन्त्री यादव

परवानीपुर (पर्सा) : खानेपानीमन्त्री प्रदीप यादले वीरगञ्ज महानगरपालिका–१८ सुखचैना र वडा न २१ परवानीपुर क्षेत्रमा अब जल निकासी प्रणालीमा सुधार हुने बताउनुभएको छ । आज

Read More »