चलचित्र ‘महाराजधिराज’मा रमेश उप्रेती अनुबन्धित

काठमाडौं, १८ वैशाख । चलचित्र ‘महाराजधिराज’मा नायक रमेश उप्रेती अनुबन्ध भएका छन् । रमेश मुख्यमध्ये एक भूमिकामा अनुबन्ध भएका हुन् ।

रमेश लामो समयपछि रमेश चलचित्रमा फर्किन लागेका हुन् । चलचित्र ‘ऐश्वर्य’पछि उनी पहिलोपटक चलचित्रमा काम गर्न लागेका हुन् । यसबीचमा केही चलचित्रमा अनुबन्ध भए पनि रिलिज भएका छैनन् । केही गीतका भिडियोमा भने रमेश देखिएका छन् । ‘महाराजधिराज’लाई परिच्छेद सेनले निर्देशन गर्दैछन् ।

सिनेमा ‘महाराजधिराज’को पोस्टर यसअघि नै रिलिज भइसकेको छ । फूलपातीलाई प्रदर्शन मिति घोषणा गर्दै सिनेमामा अभिनेता पल शाहले मुख्य भूमिका निर्वाह गर्ने जानकारी निर्माणपक्षले यसअघि नै दिइसकेको छ । पोस्टरमा पललाई दुई अलग चरित्रमा देखाइएको थियो । जहाँ उनी एउटामा न्यूड (वस्त्रविहीन) अवस्थामा सिंहासनमा बसेका छन् । अर्कोमा उनको पात्र शीरमा श्रीपेच र हातमा राजदण्डसहित राजर्षी पहिरनमा देखिएका थिए ।

सिनेमामा निर्देशक सेन स्वयंको लेखन रहेको छ । उनले यसअघि निर्देशन गरेको सिनेमा ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो ।

‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो । सिनेमाको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् ।

राजनीतिक शक्तिहरूको डर नै म हो : दुर्गा प्रसाईं

काठमाडौं : नागरिक बचाउ महाअभियान नेपाल र राप्रपा परित्याग गरेका नेता डा. धवलशमशेर राणाको नेतृत्वमा रहेको समूहबीच राजनीतिक दल निर्माण गर्ने सहमती गरिएको छ। शुक्रबार

Read More »

छानबिन समितिबाट सुधनलाई ‘क्लिन चिट’, फेरि गृहमन्त्रीमा फर्कन्छन् ?

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिनका लागि गठित समितिले प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको छ । विवादित व्यवसायी दीपक भट्टसँग व्यवसायीक सम्बन्ध रहेको खुलासा भएपछि

Read More »

काठमाडौंलाई सडक सहयोगापेक्षीमुक्त सहर बनाउने अभियान तीव्र, २ हजार ४२१ को उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक सहयोगापेक्षी (बेसहारा) मानवमुक्त सहर निर्माण गर्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ । महानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै २०७४

Read More »

साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो

काठमाडौँ । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लागेर बन्द भएको छ। यस दिन नेप्से सूचक ११.३७ अङ्क अर्थात् ०.४१ प्रतिशतले घटेर

Read More »

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्दै पौडेलले भाषा, साहित्य र संस्कृति नेपालको मौलिक पहिचान तथा राष्ट्रिय गौरवका आधार भएको बताएका छन्। शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औं जन्मजयन्तीको

Read More »

भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान र गौरव भएको बताएका छन् । शुक्रबार युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्म

Read More »