नेपाली संगीतलाई रंगीन बनाउने नयाँ प्रयास: “पार्यो हल्लीचल्ली” आज रिलिज

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रलाई झनै रंगीन बनाउने उद्देश्यले गायक मोहन नेपालीको आवाजमा रहेको नयाँ गीत “पार्यो हल्लीचल्ली” आज शनिबार सार्वजनिक गरिएको छ।

भिडियोमा निशाना राई, गंगाराम श्रेष्ठ, आभास नेपाली र रोबन मगर को आकर्षक अभिनय देख्न पाइनेछ। भिडियोलाई डाइरेक्टर विशाल बराल ले निर्देशन गरेका हुन् भने क्यामेरामेन दुर्गा श्रेष्ठ को छायांकनले दृश्यलाई थप जीवन्त बनाएको छ।

गीतमा नृत्य संयोजन दिलिप राई द्वारा गरिएको छ, जुन दर्शकको मन छुने खालको छ। भिडियोको सम्पादन र मेकअप अनिशा नानु द्वारा गरिएको छ। भिडियोको रंग संयोजन भने अनिल बिष्ट प्युठानी ले गरेका छन्, जसले गीतलाई आकर्षक र आधुनिक बनाएको छ।

उक्त गीत शंकरा स्टुडियो मा रेकर्ड गरिएको हो र अनिल बिष्ट प्युठानी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। गीतका प्रोड्युसर गंगाराम श्रेष्ठ र निशाना राई हुन्, जसले नेपाली सांगीतिक क्षेत्रमा नवप्रतिभा र नयाँ सिर्जनालाई प्रोत्साहन दिएका छन्।

गीतको संगीत, निर्देशन, अभिनय, र सम्पादनको समिश्रणले गर्दा “पार्यो हल्लीचल्ली” गीत दर्शक तथा श्रोतामाझ लोकप्रिय हुने अपेक्षा गरिएको छ ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »