उपसभामुखद्वारा बुद्वजयन्ती र उभौलीको शुभकामना

काठमाडौँ : उपसभामुख इन्दिरा रानाले विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय भएको बताउनुुभएको छ । बौद्ध दर्शनका प्रवर्तक एवं विश्व शान्तिका अग्रदूत गौतमबुद्धको २५६९औँ बुद्धजयन्तीको अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो । “गौतम बुद्धले प्रतिपादन गर्नुभएको अहिंसा र शान्तिको सन्देशले व्यक्ति, परिवार, समाज, देश र विश्वको सर्वोत्तम हित तथा प्रगतिका लागि सदैव प्रेरणा दिने विश्वास लिएकी छु”, उपसभामुख रानाको सन्देशमा उल्लेख छ । वैशाख शुक्लपक्षको पूर्णिमा तिथिको दिन गौतमबुद्धको त्रिसंयोग अर्थात जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीद्धारा गौतम बुद्धप्रति श्रद्धा एवं भक्तिभाव व्यक्त गर्दै बुद्धजयन्ती मनाउने गरिन्छ ।

यस दिन बुद्धका मन्दिर गुम्बा, विहार, मठ, स्तुपा र चैत्यमा बुद्धको विशेष पूजाअर्चनालगायत विविध कार्यक्रम गरी मनाइन्छ । त्यसैगरी उपसभामुख रानाले उभौली पर्वको शुभकामना दिनुभएको छ । उहाँले प्रकृतिपूजक वा धर्तीपूजक अर्थात् नेपालका किरात समुदायभित्रका विभिन्न जातिले मनाउने पर्व साकेला भएको उल्लेख गर्नुभएको छ । आजको दिनदेखि उभौली पर्वलाई ऋतु परिवर्तनको सङ्केत दिने पर्वको रूपमा पनि मनाउने गरिन्छ । वैशाख शुक्ल पूर्णिमादेखि एक महिनाभर मनाइने उभौली पर्व वसन्त ऋतुमा पर्दछ । किरात समुदायले धुमधामसँग मनाउने उभौली पर्वलाई पृथ्वीमा ‘कृषियुग’ सुरु भएदेखि नै मनाउँदै आइएको छ । यस पर्वको पहिलो दिन ‘चण्डी’ नाच नाच्ने चलन छ । यही नाचद्वारा प्रकृतिको आराधना गर्ने गरिन्छ ।

आईपीओ जारी गर्दै इस्ट सोलार

काठमाडौं । सौर्य ऊर्जा क्षेत्रमा कार्यरत इस्ट सोलार लिमिटेडले झापास्थित ५ मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना निर्माण सम्पन्नसँगै प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको

Read More »

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : इक्यान अध्यक्ष पौडेल

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेलले प्रस्तावित शैक्षिक परामर्श नियमावली, २०८३ लाई स्वागत गर्दै यसमा सरोकारवालाको सुझाव समेटेर थप परिमार्जन गर्नुपर्ने

Read More »

सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक सुरु

काठमाडौं : मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा समसामयिक विषयमा

Read More »

काठमाडौं महानगरको खाद्य प्रयोगशालाको उद्घाटन

काठमाडौं । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तिय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ । बैंकका

Read More »

उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज

Read More »

प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने : हर्क साम्पाङ

काठमाडौँ : नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बुधबारको

Read More »