बाढीपहिरोको जोखिम न्यूनीकरणका लागि ध्यानाकर्षण

काठमाडौँ : वर्खायाम सुरु भएसँगै देशका विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम बढेको विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा सांसदहरुले गत वर्ष असोजमा आएको बाढीपहिरोले क्षति पुर्याएका संरचना अझै पुनर्निर्माण हुन नसकेकाले यस वर्ष यस्ता घटना दोहोरिन नदिन आवश्यक पूर्वतयारीमा जुट्न सरकारसँग माग गर्नुभयो । सांसद सूर्यमान दोङले गत वर्ष असोजको बाढीपहिरोबाट भएको क्षति यकिन गर्ने, राहत तथा पुनस्र्थापना, क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण र मर्मतमम्भारको काममा ढिलाइ भइरहेको बताउनुभयो ।

त्यस्तै, बिपी राजमार्गमा अहिलेसम्म सहज रुपमा सवारीसाधन सञ्चालन हुन नसकेको विषय पनि उहाँले उठाउनुभयो । सांसद लेखनाथ दाहालले गत वर्षको बाढीबाट क्षतिग्रस्त बिपी राजमार्ग अहिले पनि १४ स्थानमा अवरुद्ध रहेको बताउनुभयो । त्यस्तै, यसै हप्ता बनेपा र पनौती क्षेत्रमा अत्यधिक वर्षा हुँदा रोशी खोलामा आएको बाढीले क्षति पुर्याए पनि राहत तथा उद्धारमा सरकारले ध्यान दिन नसकेको आरोप लगाउनुभयो ।

सांसद अमरेशकुमार सिंहले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बेथिति बढेकामा सरकारको ध्यानाकर्षण गराउनुभयो । विमानस्थल अस्तव्यस्त बनेको, ठाउँ साँघुरो भएकाले यात्रु तथा सामानको असुरक्षा बढेको उहाँको भनाइ थियो । सांसद चन्द्रबहादुर विश्वकर्माले सडक दुर्घटना बढेको विषय संसद्मा उठाउनुभयो । त्यस्तै जाजरकोट जिल्ला कारागारमा कैदीले आत्महत्या गरेको घटनाको छानबिन गर्न उहाँले माग गर्नुभयो ।

आईपीओ जारी गर्दै इस्ट सोलार

काठमाडौं । सौर्य ऊर्जा क्षेत्रमा कार्यरत इस्ट सोलार लिमिटेडले झापास्थित ५ मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना निर्माण सम्पन्नसँगै प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको

Read More »

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : इक्यान अध्यक्ष पौडेल

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेलले प्रस्तावित शैक्षिक परामर्श नियमावली, २०८३ लाई स्वागत गर्दै यसमा सरोकारवालाको सुझाव समेटेर थप परिमार्जन गर्नुपर्ने

Read More »

सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक सुरु

काठमाडौं : मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा समसामयिक विषयमा

Read More »

काठमाडौं महानगरको खाद्य प्रयोगशालाको उद्घाटन

काठमाडौं । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तिय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ । बैंकका

Read More »

उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज

Read More »

प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने : हर्क साम्पाङ

काठमाडौँ : नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बुधबारको

Read More »