धुम्बाराहीमा ३० महिलाको सहभागितामा सम्पन्न बेकरी तालिम, आत्मनिर्भरता र सशक्तिकरणमा जोड

काठमाण्डौ । माँ भाटभटेनी संस्थाले आयोजना गरेको एक महिनाको बेकरी तालिम कार्यक्रम आज धुम्बाराहीस्थित एस आर ब्याङ्क्युटमा सम्पन्न भएको छ। चैत्र २९ गतेदेखि सुरु भएको तालिममा ३० जना महिलाहरूले सहभागिता जनाएका थिए। तालिमको मुख्य उद्देश्य महिला सशक्तिकरण र आत्मनिर्भरता विकास रहेको थियो।

संस्थाले सन् २०७२ देखि विभिन्न सामाजिक कामहरू गर्दै आएको छ भने २०७८ सालबाट औपचारिक रूपमा स्थापना भएको हो।” “महिलाले अवसर पाए असम्भव केही हुँदैन ”  भन्ने सन्देश दिन यो संस्था स्थापना गरिएको कार्यक्रमका सभापति तथा संस्थाकी अध्यक्ष मधु कुमारी  श्रेष्ठले बताएकी छन् । उनले भने  “महिलाहरू केवल घरभित्र सीमित हुनु हुँदैन, सीपको माध्यमबाट उनीहरूले आफ्नै पहिचान बनाउन सक्छन्। 

तालिममा सहभागीहरूले   फ्रुट केक, जन्मदिनको केक तथा विभिन्न प्रकारका पेस्ट्री, ब्राउन ब्रेड, सेतो ब्रेड ,क्रोइसन्ट ,ड्यानिश ,डोनट ,नरिवल कुकीज ,मफिन, ब्राउनी ,मल्टिग्रेन ब्रेड ,अखरोट कुकीज ,नरिवल सुक्खा केक, बर्गर बन, दालचिनी रोल तथा अन्य सजावटी १६ प्रकारका बेकरी  सामग्रीहरू बनाउन सिकेका थिए । 

समापन समारोहमा प्रमुख अतिथिको रूपमा बाग्मती प्रदेश सभा सदस्य माननीय राजेन्द्र प्रजापति सहभागी थिए। विशिष्ट अतिथिहरूमा सामाजिक विकास कार्यालयका प्रमुख नवराज नेपाल, बाग्मती प्रदेश अर्थ विकास समितिका सभापति नुरज बज्राचार्य, प्रमुख सचेतक माननीय कुमारी स्याङ्तान, माननीय आशा लामा, जेष्ठ नागरिक बेख बहादुर कार्की, समाजसेवी तेज बहादुर गुरुङ, धोबिखोला करिडोर प्रभावितका उपाध्यक्ष टेक बहादुर लामा लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा आगामी तालिमहरूका लागि समेत योजना सार्वजनिक गरिएको छ। साबुन बनाउने तालिम जेठ १ गतेदेखि सुरु हुने र अचार बनाउने २२ दिने तालिम जेठ ५ गतेदेखि सञ्चालनमा आउने संस्थाकी सचिव सबिना प्रजापति ले जानकारी दिइन्। साथै, उद्घोषक तालिम जेठ ८ गतेबाट सुरु हुने पनि जानकारी दिइन् ।

कार्यक्रमको उद्देश्य महिलाहरूलाई आत्मनिर्भर बनाउनु, सीप विकास गराउनु र महिलालाई आफ्नो नामबाट पहिचान बनाउन सक्ने बनाउनु रहेको आयोजक संस्थाकी सचिव सबिना प्रजापतिले बताएकी छन्   ।  कार्यक्रमले महिला सशक्तिकरणतर्फ नयाँ आयाम थपेको सहभागिहरूको प्रतिक्रिया थियो।

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : इक्यान अध्यक्ष पौडेल

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेलले प्रस्तावित शैक्षिक परामर्श नियमावली, २०८३ लाई स्वागत गर्दै यसमा सरोकारवालाको सुझाव समेटेर थप परिमार्जन गर्नुपर्ने

Read More »

सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक सुरु

काठमाडौं : मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा समसामयिक विषयमा

Read More »

काठमाडौं महानगरको खाद्य प्रयोगशालाको उद्घाटन

काठमाडौं । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तिय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ । बैंकका

Read More »

उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज

Read More »

प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने : हर्क साम्पाङ

काठमाडौँ : नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बुधबारको

Read More »

कर्णाली राजमार्ग विस्तारको गति सुस्त, दुर्घटनाको जोखिम बढ्दो : सांसद पोखरेल

काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको स्तरोन्नति कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै

Read More »