क्रिकेटर सन्दीप क्यानको केन्द्रीय सम्झौतामा नबस्ने

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले नेपाल क्रिकेट सङ्घ (क्यान) को केन्द्रीय सम्झौतामा नबस्ने घोषणा गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जाल (फेसबुक) मार्फत क्यानको केन्द्रीय सम्झौतामा आफू नबस्ने धारणा सार्वजनिक गर्नुभएको हो । उहाँले यस निर्णय क्रिकेट वा राष्ट्रबाट टाढा हुने कदम नभई व्यक्तिगत र पेशागत विकासतर्फको पाइलो भएको बताउनुभएको छ । उहाँले फेसबुक सटाट्समार्फत भन्नुभएको छ, “यो छुट्टिनु होइन, बरू विकास र उद्देश्यतर्फको यात्रा हो ।”

सन्दीपले क्यानप्रति आभार प्रकट गर्दै आफ्नो क्रिकेट यात्रा र नेपालली क्रिकेटलाई अघि बढाउन क्यानले उल्लेखनीय भूमिका खेलेको भन्दै आफ्नो अनुभव र योगदानको माध्यमबाट अझ धेरै सिक्ने बताउनुभएको छ । उहाँले राष्ट्रिय टोलीप्रतिको आफ्नो निष्ठा र क्रिकेटप्रतिको प्रेम कहिल्यै कम नहुने बताउँदै उही जोश र समर्पणका साथ नेपालका लागि खेलिरहने बताउनुभएको छ ।

यस विषयमा सन्दीपले क्यानलाई पहिले नै जानकारी गराएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो । उहाँले सन्दीपको विषयमा क्यानले छलफल गरी छिटै नै निर्णय सार्वजनिक गर्ने बताउनुभयो । सन्दीप केन्द्रीय सम्झौताअन्तर्गत क्याटेगोरी ‘ए’ मा समावेश हुनुहुन्थ्यो । यो क्याटेगोरीमा समावेश खेलाडरूले क्यानबाट मासिक रू एक लाख प्राप्त गर्दै आएका छन् ।

बिपी राजमार्ग रातको समयमा अनिश्चितकालीन बन्द

काभ्रेपलाञ्चोक : बेमौसमी वर्षासँगै आउने पहिरोका कारण दिनानुदिन बिपी राजमार्ग अवरुद्ध हुन थालेपछि काभ्रेपलाञ्चोकस्थित सडकखण्डमा रातको समयमा गराउँदै आइएको अनिश्चितकालीन बन्द शुक्रबारदेखि पुनः थप गरिएको

Read More »

म प्रधानमन्त्री बन्ने चर्चा र अड्कलबाजी निराधार हो : लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणपछि प्रधानमन्त्री बन्ने चर्चा र अड्कलबाजीलाई अस्वीकार गर्दै रास्वपा स्थिर सरकारको पक्षमा रहेको बताएका

Read More »

श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु

काठमाडौं : श्रीमान‍्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारका ४२ वर्षीय कुमार थापा मगरले गएराति घरायसी विवादमा फलामको रडले प्रहार

Read More »

राजनीतिक शक्तिहरूको डर नै म हो : दुर्गा प्रसाईं

काठमाडौं : नागरिक बचाउ महाअभियान नेपाल र राप्रपा परित्याग गरेका नेता डा. धवलशमशेर राणाको नेतृत्वमा रहेको समूहबीच राजनीतिक दल निर्माण गर्ने सहमती गरिएको छ। शुक्रबार

Read More »

छानबिन समितिबाट सुधनलाई ‘क्लिन चिट’, फेरि गृहमन्त्रीमा फर्कन्छन् ?

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिनका लागि गठित समितिले प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको छ । विवादित व्यवसायी दीपक भट्टसँग व्यवसायीक सम्बन्ध रहेको खुलासा भएपछि

Read More »

काठमाडौंलाई सडक सहयोगापेक्षीमुक्त सहर बनाउने अभियान तीव्र, २ हजार ४२१ को उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक सहयोगापेक्षी (बेसहारा) मानवमुक्त सहर निर्माण गर्ने अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको जनाएको छ । महानगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गर्दै २०७४

Read More »