सेयर बजारमा गिरावट, कारोबार निरन्तर घट्दै

काठमाडौँ । सेयर बजार बिहीबार पनि घटेको छ । साताको अन्तिम दिन आज बजार बजार परिसूचक ७.३७ अङ्क घटेको हो । योसँगै २६१२.८९ अङ्कमा कायम भएको छ । आज बजारमा ७ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

बजारमा पछिल्लो साता बजारसँगै कारोबार समेत निरन्तर घट्दै गएको छ । गत बिहीबार ११ अर्ब माथि कारोबार भएको बजार आइतबार १० अर्ब १ करोड, सोमबार ९ अर्ब ४४ करोड, बुधबार ८ अर्ब ६१ करोडमा सीमित हुँदा आज ६ अर्ब ७७ करोड कायम भएको हो ।

बजारमा आज ८२ कम्पनीको मूल्य बढ्दा १६४ वटा कम्पनीको मूल्य घटेको छ, एउटा कम्पनीको मूल्य स्थिर रहेको छ । बजारमा आज ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैङ्कको सेयर मूल्य आज सबैभन्दा धेरैले घटेको छ ।

क्षेत्रगत रूपमा आज होटल तथा टुरिजम क्षेत्र सर्वाधिक ४.९१ प्रतिशत बढेको छ । म्युचुअल फण्ड र ट्रेडिङ परिसूचक बढ्दा अन्य परिसूचक घटेको छ । आज बजारमा सोल्टी होटल कम्पनीको सबैभन्दा धेरै कारोबार भएका छन् ।  कारोबार सङ्ख्यामा भने क्रेष्ट माइक्रो इन्स्योरेन्स अगाडि रहेको रहेको छ ।

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : इक्यान अध्यक्ष पौडेल

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेलले प्रस्तावित शैक्षिक परामर्श नियमावली, २०८३ लाई स्वागत गर्दै यसमा सरोकारवालाको सुझाव समेटेर थप परिमार्जन गर्नुपर्ने

Read More »

सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक सुरु

काठमाडौं : मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा समसामयिक विषयमा

Read More »

काठमाडौं महानगरको खाद्य प्रयोगशालाको उद्घाटन

काठमाडौं । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तिय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ । बैंकका

Read More »

उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज

Read More »

प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने : हर्क साम्पाङ

काठमाडौँ : नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बुधबारको

Read More »

कर्णाली राजमार्ग विस्तारको गति सुस्त, दुर्घटनाको जोखिम बढ्दो : सांसद पोखरेल

काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको स्तरोन्नति कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै

Read More »