मानवीय जीवन र पृथ्वीको भविष्य जोगाउन मिलेर काम गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्तीमा बढ्दो तापमान र प्रदूूषणका कारण मानवीय जीवन र पृथ्वीको भविष्य रक्षार्थ सबै मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन् । सगरमाथा संवादको पूर्वसन्ध्यामा डा.गोपालकृष्ण शिवाकोटीद्वारा लिखित ‘क्याइमेट कालामिटी : जष्टिस फर लस एण्ड ड्यामेज’ पुस्तकको आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले हाम्रा भविष्यका सन्तती सुरक्षित र सम्मानति होउन् भनेर काम गर्नुपर्नेमा जोड दिए ।

“धर्ती तातो र वातावरण प्रदूषित हुँदै गएर मानवीय जीवन र सुन्दर विश्वको भविष्य खतारमा पर्दै जान थालेको छ । यस्तो समयमा हामीले सुरक्षित माननीय जीवन र सुन्दर भविष्यको रक्षाका लागि काम गर्नुपर्छ ।”, प्रधानमन्त्री ओलीले भने,“हाम्रा भविष्यका सन्तती सुरक्षित र सम्मानति हुनुपर्छ । उनीहरुको चेहरामा हाँसो हुनुपर्छ ।”

प्रधानमन्त्री ओलीले सगरमाथा संवादका क्रममा जलवायु न्यायसम्बन्धी अध्ययन र प्रतिवेदनका सारलाई आफूले सम्बोधनमा समावेश गर्ने बताए । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर, पूर्व परराष्ट्रमन्त्री डा.विमला राई पौडेल, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा.सूर्य ढुङ्गेल र जलवायु विज्ञ मञ्जिल ढकालले पुस्तकको सान्दर्भिकताबारे समीक्षात्मक मन्तव्य व्यक्त गरेका थिए । सरकारले यही जेठ २ गतेदेखि पहिलो पटक नेपालमा सगरमाथा संवादको आयोजना गरेको छ ।

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : इक्यान अध्यक्ष पौडेल

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेलले प्रस्तावित शैक्षिक परामर्श नियमावली, २०८३ लाई स्वागत गर्दै यसमा सरोकारवालाको सुझाव समेटेर थप परिमार्जन गर्नुपर्ने

Read More »

सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक सुरु

काठमाडौं : मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा समसामयिक विषयमा

Read More »

काठमाडौं महानगरको खाद्य प्रयोगशालाको उद्घाटन

काठमाडौं । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तिय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ । बैंकका

Read More »

उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज

Read More »

प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने : हर्क साम्पाङ

काठमाडौँ : नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बुधबारको

Read More »

कर्णाली राजमार्ग विस्तारको गति सुस्त, दुर्घटनाको जोखिम बढ्दो : सांसद पोखरेल

काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको स्तरोन्नति कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै

Read More »