डिप टयुवेल जडानले दुई सय बिघा जग्गामा सिँचाइ सुविधा

कञ्चनपुर : डिप ट्युवेल जडान भएपछि शुक्लाफाँटा नगरपालिका–१२ का किसानको दुई सय ४० बिघा जग्गामा सिँचाइ सुविधा पुगेको छ । भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले ठेक्का प्रक्रियामार्फत वडाका चार स्थानमा डिप ट्युवेल जडान गरेको हो । गाँैंडी, खल्ला, बसन्तपुर र तिलकी टोलमा डिप ट्युवेल जडानको कायम गरिएको वडाध्यक्ष नवलसिंह रानाले बताउनुभयो । “एउटा डिप ट्युवेलको मद्दतमा ६० बिघा जग्गामा सिँचाइ गर्न सकिन्छ” उहाँले भन्नुभयो । डिप ट्युवेलमार्फत सिँचाइ सुविधा उपलव्ध भएपछि यस क्षेत्रका किसानलाई माछापालन, उखुखेती, तरकारी खेती, बसन्ते मकैखेती, केराखेतीलगायत गर्न सहज भएको छ । किसानले समयमै धान, तोरी, मसुरो र गहुँबाली लगाउन पाएका छन् ।

बालीको उत्पादकत्व विगतको तुलनामा वृद्धि हँुदै गएको किसानको भनाइ छ । “विगतमा सिँचाइको भरपर्दो व्यवस्था नहुँदा यहाँका किसानले आकासे पानीको भर पर्नुपर्दथ्यो”, केराखेती गर्दै आउनुभएका मोहन रानाले भन्नुभयो, “सिँचाइको सुविधाले चाहेको बेला सिँचाइ गर्न पाएका छौँं, केराखेतीबाट मनग्य आम्दानी लिँदै आएका छौंँ ।” सिँचाइको व्यवस्थाले यस क्षेत्रका किसानको आयआर्जनमा वृद्धि भएको स्थानीय शिक्षक गेंदुराम रानाले बताउनुभयो । उहाँका अनुसार डिप ट्युवेल जडानबाट चार सयभन्दा बढी किसान लाभान्वित भएका छन् ।

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : इक्यान अध्यक्ष पौडेल

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेलले प्रस्तावित शैक्षिक परामर्श नियमावली, २०८३ लाई स्वागत गर्दै यसमा सरोकारवालाको सुझाव समेटेर थप परिमार्जन गर्नुपर्ने

Read More »

सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक सुरु

काठमाडौं : मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा समसामयिक विषयमा

Read More »

काठमाडौं महानगरको खाद्य प्रयोगशालाको उद्घाटन

काठमाडौं । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तिय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ । बैंकका

Read More »

उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज

Read More »

प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने : हर्क साम्पाङ

काठमाडौँ : नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बुधबारको

Read More »

कर्णाली राजमार्ग विस्तारको गति सुस्त, दुर्घटनाको जोखिम बढ्दो : सांसद पोखरेल

काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको स्तरोन्नति कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै

Read More »