मकवानपुरबाट चोरी भएका दुई ट्रक चितवनमा भेटियो

काठमाडौं : मकवानपुरबाट केही दिनअघि चोरी भएका दुईवटा मालवाहक ट्रक चितवनमा फेला परेका छन्।

प्रहरीले शनिबार ती ट्रकहरू सम्बन्धित धनीलाई सनाखत गराई हस्तान्तरण गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, हेटौँडा उपमहानगरपालिका–१२ निवासी ४१ वर्षीय ईश्वर बलामीले संचालन गर्दै आएको ना ३ ख ७३२० नम्बरको ट्रक गत वैशाख ३० गते सोही उपमहानगरपालिकाको वडा नं. ११ नवलपुरस्थित एक ग्यारेजबाट चोरी भएको थियो।

त्यसैगरी, हेटौँडा–३ निवासी ४६ वर्षीय हरिबहादुर डंगोलको मे १ ख १४५७ नम्बरको ट्रक जेठ १ गते आफ्नै घर अगाडिबाट चोरी भएको भनी प्रहरीमा उजुरी परेको थियो। प्रहरीले प्राप्त उजुरीका आधारमा खोजतलास गर्ने क्रममा दुवै ट्रक चितवनको खैरहनी नगरपालिका–९ स्थित पूर्व–पश्चिम लोकमार्गको सडकखण्ड किनारमा फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएका ट्रकहरू जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई आज सम्बन्धित धनीहरूलाई बुझाइएको छ। उक्त चोरीमा संलग्न व्यक्तिहरूको पहिचान गरी पक्राउ गर्न टोली परिचालन गरी खोजी कार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : इक्यान अध्यक्ष पौडेल

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष लक्ष्मण पौडेलले प्रस्तावित शैक्षिक परामर्श नियमावली, २०८३ लाई स्वागत गर्दै यसमा सरोकारवालाको सुझाव समेटेर थप परिमार्जन गर्नुपर्ने

Read More »

सिंहदरबारमा मन्त्रिपरिषद्‍ बैठक सुरु

काठमाडौं : मन्त्रिपरिषद्‍को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठकमा समसामयिक विषयमा

Read More »

काठमाडौं महानगरको खाद्य प्रयोगशालाको उद्घाटन

काठमाडौं । कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तिय संस्था डच स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसनसँग रणनीतिक परियोजना सम्झौता गरेको छ । बैंकका

Read More »

उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज

Read More »

प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने : हर्क साम्पाङ

काठमाडौँ : नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बुधबारको

Read More »

कर्णाली राजमार्ग विस्तारको गति सुस्त, दुर्घटनाको जोखिम बढ्दो : सांसद पोखरेल

काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको स्तरोन्नति कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै

Read More »