भारतमा हप्ताभरमै दिन गुणा बढे कोराना सङ्क्रमित

नयाँ दिल्ली । भारतभरि कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ८३ पुगेको छ । केरलामा सबैभन्दा बढी ४३० जना कोरोना बिरामी फेला परेका छन् । मंगलबार कर्नाटकमा ३६, गुजरातमा १७, बिहारमा ५ र हरियाणामा ३ जना नयाँ सङ्क्रमित भेटिएका छन् । गुजरातमा १३ जना बिरामी निको भएका छन् । उत्तर–पूर्वमा पनि कोरोनाका बिरामीहरू थपिन थालेका छन् । मंगलबार अरुणाचल प्रदेशमा २ जना महिलामा कोरोना पोजिटिभ पाइएको थियो । तीमध्ये एक जनालाई ज्वरो र हल्का खोकी लागेको छ भने अर्की महिलामा कुनै लक्षण देखिएको छैन ।

मंगलबार उत्तर प्रदेशको फिरोजाबादमा ७८ वर्षीय सङ्क्रमित वृद्धको उपचारको क्रममा मृत्यु भयो । राज्यमा कोभिडको नयाँ भेरियन्टबाट भएको यो पहिलो मृत्यु हो । यसबाहेक, महाराष्ट्र, राजस्थान, पश्चिम बङ्गाल, कर्नाटक र मध्य प्रदेशमा कुल ११ जना बिरामीको मृत्यु भएको छ । कुल मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको मे २९–३० मा बिहार भ्रमणमा जादैछन् । यसलाई ध्यानमा राखेर राज्यको स्वास्थ्य विभाग सतर्क बनेको छ । प्रधानमन्त्रीको १०० मिटर भित्र बस्ने सबैको कोरोना परीक्षण गर्न निर्देशन दिइएको छ ।

भारतका धेरै राज्यहरूमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या वृद्धि भइरहेको छ । यसैबिच देशमा चार नयाँ भेरियन्टहरू फेला परेका छन् । दक्षिण र पश्चिम भारतबाट क्रमबद्ध गरिएका भेरियन्टहरू एलएफ.७, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ शृङ्खलाका हुन् । अन्य ठाउँहरूबाट नमुनाहरू लिइँदै छन् । नयाँ भेरियन्टहरूको अनुसन्धान गर्न सकियोस् भनेर अनुक्रमण गरिँदै छ । केसहरू धेरै गम्भीर छैनन् र मानिसहरूले चिन्ता गर्नु नपर्ने भनिएको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि यिनीहरूलाई चिन्ताजनक ठानेको छैन । यद्यपि, यसलाई निगरानीमा राखिएको भेरियन्टको रूपमा वर्गीकृत गरिएको छ । चीन लगायत अन्य एसियाली देशहरूमा कोभिडको बढ्दो केसहरूमा यो भेरियन्ट देखिन्छ ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »