काठमाडौं, ९ कात्तिक । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले कात्तिक १२ गते शपथ लिने भएका छन् ।
कांग्रेस केन्द्रीय कार्यालयका अनुसार शपथ ग्रहण समारोह दिउँसो २ बजे ललितपुरस्थित बीपी स्मृति भवनमा आयोजना हुनेछ। समारोहमा सहभागी हुन नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई निमन्त्रणा गरिएको छ ।
पार्टीको नयाँ कार्यसमितिका सदस्यहरूको शपथ ग्रहण कार्यक्रमले महाधिवेशनबाट चयन भएको नेतृत्वको औपचारिक जिम्मेवारी ग्रहण गर्ने प्रक्रिया अघि बढाउनेछ।
यसअघि कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिका सभापति गगन थापाले पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।



