आज कोजाग्रत पूर्णिमा

काठमाडाैं, ८ कार्तिक । कोजाग्रत पूर्णिमा आश्विन शुक्ल पक्षको पूर्णिमा तिथिमा मनाइने हिन्दूहरूको एक अत्यन्तै महत्वपुर्ण पर्व हो। 

धार्मिक मान्यता अनुसार, यस रात धनधान्यकी देवी माता महालक्ष्मी पृथ्वी लोकमा भ्रमण गर्नुहुन्छ र “को जागेको छ?” (को जागृत छ?) भनी हेर्नुहुन्छ। जुन व्यक्ति वा घरमा मानिसहरू रातभर जाग्राम बसेर लक्ष्मीको आराधना, भजन–कीर्तन वा पूजा गर्छन्, त्यहाँ माता लक्ष्मी प्रसन्न भई बास बस्नुहुन्छ र अपार धन, ऐश्वर्य तथा सुख-समृद्धिको वरदान दिनुहुन्छ भन्ने जनविश्वास रहेको छ। यसैकारण यस रात सुत्नुहुँदैन भन्ने परम्परा रहेकाे छ ।

पौराणिक कथा अनुसार, यसै पूर्णिमाका दिन इन्द्र देव र महालक्ष्मीको पूजा गरिन्छ। केही पौराणिक ग्रन्थहरूका अनुसार यसै पूर्णिमाका दिन स्वर्गका राजा इन्द्रले देवताहरूको हराएको वैभव र राज्य पुनः प्राप्त गरेका थिए भन्ने विश्वास पनि गरिन्छ। यसैगरी, दैत्यराज बलीले आफ्नो दानशीलता र सत्यवादिताका कारण भगवान् विष्णुको कृपा प्राप्त गरेको दिनको रूपमा पनि यसलाई लिइन्छ।

‘कोजाग्रत’ शब्दको अर्थ: यो शब्द ‘को + जाग्रत’ (को जागेको छ?) बाट बनेको हो। यो पूर्णिमा पर्वले नेपालीहरूको महान् चाड बडादसैँको औपचारिक समापनको संकेत गर्दछ। यसै दिन घटस्थापनाका दिन राखिएको जमरालाई देवीको प्रसादको रूपमा विसर्जन गरिन्छ र मान्यजनबाट टीका तथा जमरा ग्रहण गरी आशीर्वाद लिने क्रमको पनि यसै दिन विधिवत समापन हुन्छ।

रातभर जाग्राम बस्ने क्रममा परिवारका सदस्य, आफन्त तथा छरछिमेक जम्मा भएर रातभर भजन–कीर्तन गर्ने, पुराण सुन्ने तथा कौडा खेल्ने वा ताश खेलेर रमाइलो गर्ने चलन छ। यसले आपसी सद्भाव, मेलमिलाप र सामाजिक सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गर्दछ। कोजाग्रत पूर्णिमा भनेको अध्यात्म, रात्रि जागरण, देवी लक्ष्मीको उपासना र दसैँ पर्वको उल्लासपूर्ण बिदाइ गर्ने विशेष सांस्कृतिक संगम हो।

आज कोजाग्रत पूर्णिमा

काठमाडाैं, ८ कार्तिक । कोजाग्रत पूर्णिमा आश्विन शुक्ल पक्षको पूर्णिमा तिथिमा मनाइने हिन्दूहरूको एक अत्यन्तै महत्वपुर्ण पर्व हो।  धार्मिक मान्यता अनुसार, यस रात धनधान्यकी देवी माता

Read More »

नेपाल राष्ट्र बैंकको वेबसाइट र अनलाइन सेवा अस्थायी रूपमा बन्द

काठमाडौं, ६ कार्तिक  ।  वेब प्रविधि ‘पीएचपी’ मा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम (भल्नेरेबिलिटी) देखिएपछि नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटलगायतका डिजिटल सेवाहरू अस्थायी रूपमा बन्द

Read More »

कांग्रेस केन्द्रीय नेतृत्वमा फिर्दोस आलमको छलाङ, सहमहामन्त्रीमा निर्वाचित

कामाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट डा. फिर्दोस आलम केन्द्रीय सहमहामन्त्रीमा निर्वाचित भएका छन्। मुस्लिम क्लस्टरतर्फबाट प्रतिस्पर्धामा उत्रिएका आलमले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ६०० भन्दा बढी

Read More »

नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिँदै

काठमाडाैं, ३० असाेज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक मान्यता

Read More »

सूर्यविनायक–१ मा साढे चारतले वडाकाे प्रशासनिक भवनकाे मेयर थापाद्वारा शिलान्यास

भक्तपुर, २८ असोज । लामो समयदेखि जग्गाको अभावमा आफ्नै प्रशासनिक भवन निर्माण गर्न नसकेको सूर्यविनायक नगरपालिका–१ सिरुटारको समस्या समाधानतर्फ अघि बढेको छ। स्थानीय राउत परिवारले

Read More »

महानवरात्रकाे पाँचौं दिन, माता स्कन्दमाताको विधिपूर्वक पूजा गरिदैँ

काठमाडाैं, २९ असाेज । बडा दशैंको महानवरात्र अन्तर्गत पाँचौँ दिन नवदुर्गा भवानीको पाँचौँ स्वरूप माता स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ। भगवान् स्कन्द (कार्तिकेय) की माता भएकाले

Read More »