नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिँदै

काठमाडाैं, ३० असाेज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक मान्यता अनुसार उनी महर्षि कात्यायनकी पुत्री हुन् ।

पौराणिक कथाअनुसार कत नामक महर्षिबाट उत्पन्न कात्याय ऋषिले भगवती दुर्गालाई आफ्नी पुत्रीको रूपमा प्राप्त गर्न वर्षौंसम्म कठोर तपस्या गरेका थिए। ऋषिको तपस्याबाट प्रसन्न भई देवीले तिनै महर्षि कात्यायनको पुत्रीको रूपमा जन्म लिइन्। यसै कारण उनको नाम ‘कात्यायनी’ रहन गएको हो। देवगणलाई महिषासुर नामक दानवको अत्याचारबाट मुक्त गर्न देवी कात्यायनीले सिंहमा सवार भई विभिन्न शस्त्र अस्त्रसहित प्रकट भएर उसका सेनापतिहरू र अन्त्यमा महिषासुरको वध गरेको पौराणिक ग्रन्थहरूमा उल्लेख छ।

माता कात्यायनीलाई साहस, शक्ति, धर्मको रक्षा र अन्यायमाथि विजय प्राप्त गर्ने देवीका रूपमा श्रद्धापूर्वक पुजिन्छ। धार्मिक विश्वासअनुसार उनको आराधनाले भक्तहरूमा आत्मबल, धैर्य र सङ्कल्प शक्तिमा वृद्धि हुन्छ। जीवनका बाधा-अवरोधहरू हटेर जाने र पारिवारिक सुख-शान्ति तथा कार्यसफलता प्राप्त हुने जनविश्वास छ।

माता कात्यायनीको दिव्य रूप अत्यन्तै तेजोमय मानिन्छ। उनको चार हात रहेका छन्, जसमध्ये दाहिनेतर्फको माथिल्लो हातमा अभयमुद्रा र तल्लो हातमा वरमुद्रा तथा बायाँतर्फको माथिल्लो हातमा तरवार र तल्लो हातमा कमलको फूल सुशोभित छ। उनको वाहन सिंह हो।

नवरात्रको छैटौँ दिन विशेष विधिपूर्वक माता कात्यायनीको मन्त्र जप, ध्यान र पूजा गरिन्छ। उनको उपासनाले अविवाहित कन्याहरूले मनोवाञ्छित वर प्राप्त गर्ने धार्मिक मान्यता पनि रहेको छ।

कांग्रेस केन्द्रीय नेतृत्वमा फिर्दोस आलमको छलाङ, सहमहामन्त्रीमा निर्वाचित

कामाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट डा. फिर्दोस आलम केन्द्रीय सहमहामन्त्रीमा निर्वाचित भएका छन्। मुस्लिम क्लस्टरतर्फबाट प्रतिस्पर्धामा उत्रिएका आलमले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ६०० भन्दा बढी

Read More »

नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिँदै

काठमाडाैं, ३० असाेज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक मान्यता

Read More »

सूर्यविनायक–१ मा साढे चारतले वडाकाे प्रशासनिक भवनकाे मेयर थापाद्वारा शिलान्यास

भक्तपुर, २८ असोज । लामो समयदेखि जग्गाको अभावमा आफ्नै प्रशासनिक भवन निर्माण गर्न नसकेको सूर्यविनायक नगरपालिका–१ सिरुटारको समस्या समाधानतर्फ अघि बढेको छ। स्थानीय राउत परिवारले

Read More »

महानवरात्रकाे पाँचौं दिन, माता स्कन्दमाताको विधिपूर्वक पूजा गरिदैँ

काठमाडाैं, २९ असाेज । बडा दशैंको महानवरात्र अन्तर्गत पाँचौँ दिन नवदुर्गा भवानीको पाँचौँ स्वरूप माता स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ। भगवान् स्कन्द (कार्तिकेय) की माता भएकाले

Read More »

नवरात्राको चौथो दिन, माता कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

काठमाडाैं, २८ असाेज । बडा दशैं अन्तर्गत नवरात्राको चौथो दिन देवी दुर्गाका नौ रूपमध्ये चौथो स्वरूप कुष्माण्डा देवीको पूजा-आराधना गरिन्छ। पौराणिक मान्यता अनुसार, जब यो ब्रम्हाण्डमा

Read More »

कागेश्वरी मनोहराको राजस्व संकलन साढे १० करोड नाघ्यो

काठमाडौं, २८ असोज। कागेश्वरी मनोहरा नगरपालिकाको राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि असोज २७ गतेसम्म नगरपालिकाले १० करोड ८७

Read More »