सूर्यविनायक–१ मा साढे चारतले वडाकाे प्रशासनिक भवनकाे मेयर थापाद्वारा शिलान्यास

भक्तपुर, २८ असोज । लामो समयदेखि जग्गाको अभावमा आफ्नै प्रशासनिक भवन निर्माण गर्न नसकेको सूर्यविनायक नगरपालिका–१ सिरुटारको समस्या समाधानतर्फ अघि बढेको छ। स्थानीय राउत परिवारले पाँच आना जग्गा उपलब्ध गराएपछि वडा कार्यालयको साढे चारतले भवन निर्माण सुरु भएको हो।

नगरप्रमुख बासुदेव थापाले बुधबार एक कार्यक्रमबीच भवनको शिलान्यास गर्नुभयो। करिब दुई करोड ४० लाख रुपैयाँको ठेक्का सम्झौताअनुसार निर्माण हुन लागेको भवन अपाङ्गमैत्री तथा बालमैत्री बनाइनेछ।

नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर जनक न्यौपानेका अनुसार भवन निर्माणको सम्झौतागत अवधि आर्थिक वर्ष २०८४ सम्म रहे पनि आगामी छ महिनाभित्रै काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने स्वर्गीय नरबहादुर राउतकी बुहारी गोमा राउत तथा उहाँका छोराहरू नवराज, रामकृष्ण, श्यामकृष्ण र दीपक राउतलाई सार्वजनिक सेवामा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ।

शिलान्यास कार्यक्रममा नगरप्रमुख थापाले भवन निर्माणपछि नागरिकलाई सहज र व्यवस्थित सेवा प्रवाह गर्न सहयोग पुग्ने बताउनुभयो। उहाँले निर्माणको गुणस्तर कायम राख्न स्थानीयवासीलाई समेत निगरानी गर्न आग्रह गर्नुभयो।

नगर उपप्रमुख सरिता तिमिल्सिना भट्टराई र वडाध्यक्ष सानुकाजी कायस्थले पनि नयाँ भवनले वडाबाट प्रदान गरिने सेवा थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यका अनुसार नगरपालिकाका १० वडामध्ये नौवटा वडा कार्यालयका आफ्नै भवन निर्माण सम्पन्न भइसकेका छन्। सिरुटारको भवन बनेपछि सबै १० वटै वडा कार्यालय आफ्नै प्रशासनिक भवनबाट सञ्चालन हुनेछन्।

जग्गा अभावका कारण लामो समयदेखि रोकिएको वडा भवन निर्माणले गति लिएसँगै सिरुटारका नागरिकले अब थप व्यवस्थित र सहज रूपमा स्थानीय सेवा पाउने अपेक्षा गरिएको छ।

कांग्रेस केन्द्रीय नेतृत्वमा फिर्दोस आलमको छलाङ, सहमहामन्त्रीमा निर्वाचित

कामाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट डा. फिर्दोस आलम केन्द्रीय सहमहामन्त्रीमा निर्वाचित भएका छन्। मुस्लिम क्लस्टरतर्फबाट प्रतिस्पर्धामा उत्रिएका आलमले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ६०० भन्दा बढी

Read More »

नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिँदै

काठमाडाैं, ३० असाेज । बडा दसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन दुर्गा पक्षका नवदुर्गा मध्ये छैटौँ स्वरूप माता कात्यायनीको विशेष पूजाआराधना गरिन्छ। माता कात्यायनीको धार्मिक, पौराणिक मान्यता

Read More »

सूर्यविनायक–१ मा साढे चारतले वडाकाे प्रशासनिक भवनकाे मेयर थापाद्वारा शिलान्यास

भक्तपुर, २८ असोज । लामो समयदेखि जग्गाको अभावमा आफ्नै प्रशासनिक भवन निर्माण गर्न नसकेको सूर्यविनायक नगरपालिका–१ सिरुटारको समस्या समाधानतर्फ अघि बढेको छ। स्थानीय राउत परिवारले

Read More »

महानवरात्रकाे पाँचौं दिन, माता स्कन्दमाताको विधिपूर्वक पूजा गरिदैँ

काठमाडाैं, २९ असाेज । बडा दशैंको महानवरात्र अन्तर्गत पाँचौँ दिन नवदुर्गा भवानीको पाँचौँ स्वरूप माता स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ। भगवान् स्कन्द (कार्तिकेय) की माता भएकाले

Read More »

नवरात्राको चौथो दिन, माता कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

काठमाडाैं, २८ असाेज । बडा दशैं अन्तर्गत नवरात्राको चौथो दिन देवी दुर्गाका नौ रूपमध्ये चौथो स्वरूप कुष्माण्डा देवीको पूजा-आराधना गरिन्छ। पौराणिक मान्यता अनुसार, जब यो ब्रम्हाण्डमा

Read More »

कागेश्वरी मनोहराको राजस्व संकलन साढे १० करोड नाघ्यो

काठमाडौं, २८ असोज। कागेश्वरी मनोहरा नगरपालिकाको राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि असोज २७ गतेसम्म नगरपालिकाले १० करोड ८७

Read More »