एनपीएल आजवाटः उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं, ९ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ।

यो खेल गत संस्करणको फाइनलको पुनरावृत्ति हो, जसले गर्दा यस उद्घाटन मुकाबलालाई निकै रोचक रूपमा हेरिएको छ। खेल काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न ४:३० बजे सुरु हुनेछ।

नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले प्ले अफ चरणमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको थियो। लिग चरणमा ७ खेलमा ४ जित र ३ हारसहित अंक तालिकाको चौथो स्थानमा रहेर प्ले अफमा प्रवेश गरेको लुम्बिनीले इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई ४ विकेट र क्वालिफायरमा विराटनगर किङ्सलाई ४० रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो।

फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै पहिलोपटक एनपीएलको उपाधि चुमेको थियो। उक्त फाइनलमा कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिएका थिए भने रुवेन ट्रम्पलम्यान ‘प्लेयर अफ दि फाइनल’ र ‘प्लेयर अफ दि सिरिज’ घोषित भएका थिए। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलको कप्तानी र पूर्व भारतीय क्रिकेटर टिनु योहानाको मुख्य प्रशिक्षणमा रहेको लुम्बिनी लायन्स यसपटक पनि उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो उपाधि रक्षा गर्ने दाउमा छ।

उता, गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सले पनि लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार चार खेलमा जित निकालेको थियो र सुरुवाती चरणमै प्ले अफको यात्रा पक्का गर्ने पहिलो टोली बनेको थियो। यसपटकको तेस्रो संस्करणमा दीपेन्द्रसिंह ऐरीको कप्तानी र पाकिस्तानी पूर्वक्रिकेटर तथा कप्तान मिस्बाह-उल-हकको प्रशिक्षणमा मैदानमा उत्रने सुदूरपश्चिम गत संस्करणका कमजोरीहरू सुधार गर्दै ट्रफी उचाल्ने लक्ष्यमा रहेको छ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन हुने यस प्रतियोगितामा कुल ८ वटा फ्रेन्चाइज टोलीहरूको सहभागिता रहनेछ।

एनपिएलका सबै खेल हेर्न डिसहोमका ग्राहकले अतिरिक्त शुल्क तिर्न नपर्ने

काठमाडौं, ९ कात्तिक । बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सोमबारदेखि सुरु हुँदैछ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले कीर्तिपुर क्रिकेट मैदानमा एनपिएलको औपचारिक उद्घाटन

Read More »

बिहीबार मध्याह्नदेखि शुक्रबार रातिसम्म भीषण वर्षा र हिमपात हुने

काठमाडौं, ९ कात्तिक । बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीका कारण बिहीबारदेखि शनिबारसम्म देशभर भीषण वर्षा र व्यापक हिमपात हुने भएको छ । मौसमविद् उज्ज्वल

Read More »

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ कात्तिक १२ गते

काठमाडौं, ९ कात्तिक । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले कात्तिक १२ गते शपथ लिने भएका छन् ।  कांग्रेस केन्द्रीय कार्यालयका अनुसार शपथ ग्रहण

Read More »

एनपीएल आजवाटः उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाडौं, ९ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ। यो

Read More »

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पुजा अर्चना

भक्तपुर, ८ कार्तिक ।राष्ट्रपति  रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजाअर्चना गरेका छन्

Read More »

आज कोजाग्रत पूर्णिमा

काठमाडाैं, ८ कार्तिक । कोजाग्रत पूर्णिमा आश्विन शुक्ल पक्षको पूर्णिमा तिथिमा मनाइने हिन्दूहरूको एक अत्यन्तै महत्वपुर्ण पर्व हो।  धार्मिक मान्यता अनुसार, यस रात धनधान्यकी देवी माता

Read More »