राप्रपाले २ सांसदलाई संसद् पठाएर अरुलाई प्रदर्शनमा उतार्ने

काठमाडौं । संघीय संसद्‌मा आज बजेट प्रस्तुत हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई सांसद मात्र उपस्थित हुने भएका छन् । राप्रपाका अन्य सांसदहरू राजसंस्था पुनर्स्थापनाको मागसहित आज हुने सडक आन्दोलनमा सहभागी हुने भएका हुन् ।

राप्रपाका प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहन श्रेष्ठले प्रतिनिधिसभामा रहेका १४ सांसदमध्ये ध्रुवबहादुर प्रधान र रोशन कार्की मात्रै आजको संसद् बैठमा उपस्थित हुने जानकारी दिए । ‘प्रतिनिधिसभामा हाम्रा १४ जना सांसद हुनुहुन्छ । उहाँहरूमध्ये ध्रुवबहादुर प्रधान र रोशन कार्मी मात्र आजको संघीय संसद्को संयुक्त बैठकमा उपस्थित हुनुहुनेछ,’ प्रवक्ता श्रेष्ठले भने, ‘अन्य सांसदहरू प्रदर्शनमा सहभागी हुनुहुनेछ ।’

राप्रपा, राप्रपा नेपालसहित विभिन्न राजावादी पार्टी र संघसंगठनले बिहीबार दिउँसो २ बजेपछि रत्नपार्कस्थित शान्तिबाटिकामा विरोध प्रदर्शन गर्दैछन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले मैतिदेवीबाट सुरु हुने विरोध र्‍यालीको नेतृत्व गर्ने प्रवक्ता श्रेष्ठले बताए ।

प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने : हर्क साम्पाङ

काठमाडौँ : नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बुधबारको

Read More »

कर्णाली राजमार्ग विस्तारको गति सुस्त, दुर्घटनाको जोखिम बढ्दो : सांसद पोखरेल

काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको स्तरोन्नति कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै

Read More »

सम्पत्ति शुद्धीकरण ऐनमा कोर्स करेक्सन, दुरुपयोग रोक्ने अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण निवारण ऐन संशोधनका क्रममा ल्याइएको व्यवस्थालाई सच्याएर पुरानै कानुनी व्यवस्थामा फर्काइएको बताएका छन् । बुधबार बसेको विधायन

Read More »

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर २ लाख

Read More »

मध्यपूर्व तनाव : कुवेत र बहराइनमा हवाई आक्रमणको साइरन बज्यो

काठमाडौं । अमेरिका र इरानबीचको तनावकाबीच बुधबार कुवेत र बहराइनमा हवाई आक्रमणको चेतावनी दिने साइरनहरू बजेको छ । कुवेतको आधिकारिक सरकारी समाचार कुनाका अनुसार, देशभरि

Read More »

उद्योगी–व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले आज (बुधबार) उद्योगी–व्यवसायीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे हुने छलफलमा नेपाल उद्योग

Read More »