विपक्षीले सदनमा आर्थिक सर्वेक्षण र बजेट पेस गर्न दिने

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लगायत विपक्षी दलहरुले सदनमा आर्थिक सर्वेक्षण र बजेट पेस गर्न दिने भएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै बैठक अवरुद्ध गर्दै आइरहेका विपक्षी दलहरुले आजको बैठक सञ्चालन गर्न सहमत भएका हुन् । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भ हुनेबित्तिकै विपक्षी दलका सांसद आसनबाट उभिएका थिए । सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय उपलब्ध गराउनुभएको थियो ।

प्रमुख सचेतक पाण्डेले आर्थिक सर्वेक्षण र आगामी आर्थिक वर्षको बजेट पेस गर्नका लागि मात्रै आफूहरुले सदनमा अवरोध नगरेको अवगत गराउँदै उक्त विषय निरुपण नभएसम्म आगामी बैठकमा विरोध जारी रहने बताउनुभयो । बैठकमा अहिले उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण प्रस्तुत गरिरहनुभएको छ । आजै अपराह्न ३ः०० बजे बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने : हर्क साम्पाङ

काठमाडौँ : नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बुधबारको

Read More »

कर्णाली राजमार्ग विस्तारको गति सुस्त, दुर्घटनाको जोखिम बढ्दो : सांसद पोखरेल

काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको स्तरोन्नति कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै

Read More »

सम्पत्ति शुद्धीकरण ऐनमा कोर्स करेक्सन, दुरुपयोग रोक्ने अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण निवारण ऐन संशोधनका क्रममा ल्याइएको व्यवस्थालाई सच्याएर पुरानै कानुनी व्यवस्थामा फर्काइएको बताएका छन् । बुधबार बसेको विधायन

Read More »

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर २ लाख

Read More »

मध्यपूर्व तनाव : कुवेत र बहराइनमा हवाई आक्रमणको साइरन बज्यो

काठमाडौं । अमेरिका र इरानबीचको तनावकाबीच बुधबार कुवेत र बहराइनमा हवाई आक्रमणको चेतावनी दिने साइरनहरू बजेको छ । कुवेतको आधिकारिक सरकारी समाचार कुनाका अनुसार, देशभरि

Read More »

उद्योगी–व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले आज (बुधबार) उद्योगी–व्यवसायीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे हुने छलफलमा नेपाल उद्योग

Read More »