सार्वभौमसत्ता सम्पन्न जनताको प्रतीकका रुपमा गणतन्त्रः महासचिव पोखरेल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले महासचिव शङ्कर पोखरेलले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त भएको गणतन्त्र सार्वभौमसत्ता जनताको प्रतीकका रूपमा रहेको बताउनुभएको छ । गणतन्त्र दिवसका उपलक्ष्यमा एमालेद्वारा आज यहाँ आयोजित कोणसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिसहित जनतालाई शक्तिशाली तुल्याउने गणतन्त्रको विकल्प नभएको स्पष्ट गर्नुभयो । उहाँले गणतन्त्र स्थापनापछि देशका हरेक क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भइरहेको अवस्थामा पूर्वराजाका नाममा गणतन्त्रमाथि अफवाह फैलाउने काम भइरहकामा चिन्ता व्यक्त गर्दै देश, जनता र गणतन्त्रविरोधी तत्वलाई जनतामाझ ल्याई तिनको भण्डाफोर गरिनुपर्नेमा जोड दिनुभयो ।

नेपाली जनताको बलमा आएको गणतन्त्रमाथि धावा बोल्ने काम कदापि सह्य नहुने भन्दै महासचिव पोखरेलले देश, जनता र गणतन्त्रको रक्षाका खातिर जुनसुकै मूल्य चुकाउन आफ्नो पार्टी तयार रहेको स्पष्ट गर्नुभयो । उहाँले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतासहित समावेशी लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना भएको ऐतिहासिक दिनलाई समग्र राज्यका तर्फबाट हर्षाेल्लासका साथ मनाउनुपर्नेमा जोड दिनुभयो । यसैगरी, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले गणतन्त्र स्थापनासहित यसको सुदृढीकरणमा नेतृत्वदायी भूमिका रहेको एमालेको विभिन्न कार्यक्रमसहित देशव्यापी रुपमा उत्सवमय वातावरणसहित गणतन्त्र दिवस मनाउने निर्णय भएबमोजिम आज पालिका तहसम्म कार्यक्रम भइरहेको जानकारी दिनुभयो । एमालेका नेताहरूको नेतृत्व र संयोजनमा सहरका विभिन्न स्थानबाट विभिन्न वेशभूषा, बाजागाजा, सांस्कृतिक झाँकी, झन्डा–ब्यानरसहितको ¥याली निस्केको थियो ।

आज बिहान ११ः०० बजे रत्नपार्क, भोटाहिटी, बागबजार, सुनधारा, अनामनगरलगायतका विभिन्न स्थानबाट निस्केको ¥याली पुनः प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा पुगी कोणसभामा परिणत भएको हो । उल्लासमय वातावरणबीच गणतन्त्र दिवस मनाउने उद्घोषका साथ भएको आयोजित सो कोणसभामा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डेलगायतका शीर्ष नेताहरू सहभागी हुनुहुन्थ्यो । त्यस्तै, पार्टीका सचिवालय सदस्य, स्थायी तथा केन्दीय कमिटीका सदस्य, जनवर्गीय सङ्गठनका नेताहरूको समेत सहभागिता रहेको सो सभामा उल्लेखनीय जनसहभागिता रहेको थियो । यही जेठ ११ गते बसेको सचिवालय बैठकले गणतन्त्र दिवसको दिन सांस्कृतिक झाँकीसहित देशभर उत्सव मनाउने निर्णय गरेको थियो ।

प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने : हर्क साम्पाङ

काठमाडौँ : नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्रीलाई गाली गर्दा थुन्ने, मन्त्रीले धम्क्याउँदा किन नथुन्ने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बुधबारको

Read More »

कर्णाली राजमार्ग विस्तारको गति सुस्त, दुर्घटनाको जोखिम बढ्दो : सांसद पोखरेल

काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको स्तरोन्नति कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै

Read More »

सम्पत्ति शुद्धीकरण ऐनमा कोर्स करेक्सन, दुरुपयोग रोक्ने अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण निवारण ऐन संशोधनका क्रममा ल्याइएको व्यवस्थालाई सच्याएर पुरानै कानुनी व्यवस्थामा फर्काइएको बताएका छन् । बुधबार बसेको विधायन

Read More »

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर २ लाख

Read More »

मध्यपूर्व तनाव : कुवेत र बहराइनमा हवाई आक्रमणको साइरन बज्यो

काठमाडौं । अमेरिका र इरानबीचको तनावकाबीच बुधबार कुवेत र बहराइनमा हवाई आक्रमणको चेतावनी दिने साइरनहरू बजेको छ । कुवेतको आधिकारिक सरकारी समाचार कुनाका अनुसार, देशभरि

Read More »

उद्योगी–व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले आज (बुधबार) उद्योगी–व्यवसायीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे हुने छलफलमा नेपाल उद्योग

Read More »