युवालाई अनिवार्य सैन्य तालिम दिन मधेश सरकारलाई सुझाव

जनकपुरधाम । जनमत पार्टीका केन्द्रीय सचिव बीपी साहले युवाहरुलाई अनिवार्य सैन्य तालिम दिन मधेश सरकारलाई सुझाव दिएका छन् । आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटमार्फत् सम्बोधन गर्न भन्दै साहले मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई ११ बुँदे ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा एसईई दिएका युवाहरुलाई ६ महिनासम्म अनिवार्य सैन्य तालिम दिई अनुशासन र आत्मरक्षाको सिप विकास गर्नुपर्ने, प्रत्येक परिवारका कम्तिमा एक सदस्यलाई रोजगारी दिनुपर्ने लगायतका बुँदा छन् । यसले रोजगारीका लागि विदेश पलायन रोक्न सहयोग पुग्ने साहको तर्क छ ।

यस्तै सर्वसाधारणले प्रयोग गर्ने मोटरसाइकल नवीकरण शुल्कमा छुट दिनुपर्ने, गंगालाल हृदयरोग अस्पतालको शाखा मधेशमा स्थापना गरी प्राथमिक उपचार निःशुल्क बनाउने, यातायात सेवा सञ्चालन गरी महिलालाई निःशुल्क यात्रा सुविधा दिने व्यवस्था गर्नुपर्ने लगायतका सुझा पनि साहले सरकारलाई दिएका छन् । यसैगरी मधेशको इतिहास, संघीयता र लोकतान्त्रिक आन्दोलनबारे शैक्षिक पाठ्यक्रम र प्रशिक्षण सुरु गर्नुपर्ने, सल्हेस पर्यटन करिडोर निर्माण गरी ऐतिहासिक स्थलहरू जोड्ने र जानकी नवमीमा मिथिला सांस्कृतिक रथ यात्रा आयोजना गर्नुपर्ने नेता साहले सुझाव पत्रमा समेटेका छन् ।

यस्तै महादेव धार्मिक करिडोर निर्माण गर्दै पर्यटकीय क्षेत्रको विकास गर्नुपर्ने र सीमावर्ती क्षेक्रका नागरिकका लागि विशेष कार्यत्रम ल्याई स्वास्थ्य, शिक्षा र पूर्वाधारको पहुँच विस्तार गर्नुपर्ने उनको सुझाव छ । यस्ता माग र सुझावहरू प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न सके मात्रै मधेशी जनताको भरोसा संघीयताप्रति थप बलियो हुने नेता साहको भनाइ छ ।

कर्णाली राजमार्ग विस्तारको गति सुस्त, दुर्घटनाको जोखिम बढ्दो : सांसद पोखरेल

काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको स्तरोन्नति कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै

Read More »

सम्पत्ति शुद्धीकरण ऐनमा कोर्स करेक्सन, दुरुपयोग रोक्ने अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण निवारण ऐन संशोधनका क्रममा ल्याइएको व्यवस्थालाई सच्याएर पुरानै कानुनी व्यवस्थामा फर्काइएको बताएका छन् । बुधबार बसेको विधायन

Read More »

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर २ लाख

Read More »

मध्यपूर्व तनाव : कुवेत र बहराइनमा हवाई आक्रमणको साइरन बज्यो

काठमाडौं । अमेरिका र इरानबीचको तनावकाबीच बुधबार कुवेत र बहराइनमा हवाई आक्रमणको चेतावनी दिने साइरनहरू बजेको छ । कुवेतको आधिकारिक सरकारी समाचार कुनाका अनुसार, देशभरि

Read More »

उद्योगी–व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले आज (बुधबार) उद्योगी–व्यवसायीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे हुने छलफलमा नेपाल उद्योग

Read More »

आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै ‘ब्रान्ड नेपाल’ अभियान सञ्चालन गरिन्छ : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले आर्थिक कूटनीतिलाई सुदृढ गर्दै नेपालको राष्ट्रिय हित, लगानी प्रवर्द्वन र विदेशमा रहेका नेपालीको सेवा–सुविधालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षका

Read More »