एचआइडिसियलका प्रमुख कार्यकारी अधिकृत थापाद्वारा शपथग्रहण

काठमाडौँ : हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसियल)को प्रमुख कार्यकारी अधिकृत प्रजेशविक्रम थापाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । एचआइडिसिएलको बिहीबारको सञ्चालक समितिको बैठकले कम्पनीको सिइओमा नियुक्त हुनुभएका प्रमुख कार्यकारी अधिकृत थापाले आज ऊर्जा मन्त्रालयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितिमा शपथग्रहण लिनुभएको हो । उहाँलाई कम्पनीका अध्यक्ष एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले शपथग्रहण गराउनुभएको हो ।

नवनियुक्त सिइओ थापा मेकानिकल इञ्जिनियर हुनुहुन्छ । उहाँलाई चार वर्षको कार्यकालका लागि नियुक्त गरिएको हो । पाँचजना उम्मेदवारमध्ये अन्तिम प्रस्तुति तथा अन्तर्वार्ताबाट छनोट गर्दै थापालाई कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो । त्यस अवसरमा ऊर्जामन्त्री खड्काले निश्चित लक्ष्य र उद्देश्य लिएर स्थापना भएको उक्त संस्थाले सरकारले लिएको ऊर्जा विकासको लक्ष्यलाई पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । जलविद्युत् क्षेत्रमा आउने लगानीलाई एचआइडिसिएलले आफ्नो कम्पनीमार्फत लगानी गर्नेगरी कार्ययोजना बनाएर अगाडि बनाउनुपर्ने बताउनुभयो ।

एचआइडिसिएल सरकारी संस्था भएकाले २५ मेगावाटभन्दा ठूला आयोजनामात्र नभई समस्यामा परेका साना जलविद्युत् आयोजनालाई पनि वित्तीय सहयोग गर्नुपर्ने मन्त्री खड्काले बताउनुभयो । सचिव आचार्यले सरकारले राखेको ऊर्जा विकास मार्गचित्रको लक्ष्यलाई पूरा गर्न एचआइडिसिएलको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले समयअनुसार संस्थाको ऐन, कानुनलाई परिमार्जन गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

कर्णाली राजमार्ग विस्तारको गति सुस्त, दुर्घटनाको जोखिम बढ्दो : सांसद पोखरेल

काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको स्तरोन्नति कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै

Read More »

सम्पत्ति शुद्धीकरण ऐनमा कोर्स करेक्सन, दुरुपयोग रोक्ने अर्थमन्त्री वाग्लेको दाबी

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण निवारण ऐन संशोधनका क्रममा ल्याइएको व्यवस्थालाई सच्याएर पुरानै कानुनी व्यवस्थामा फर्काइएको बताएका छन् । बुधबार बसेको विधायन

Read More »

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर २ लाख

Read More »

मध्यपूर्व तनाव : कुवेत र बहराइनमा हवाई आक्रमणको साइरन बज्यो

काठमाडौं । अमेरिका र इरानबीचको तनावकाबीच बुधबार कुवेत र बहराइनमा हवाई आक्रमणको चेतावनी दिने साइरनहरू बजेको छ । कुवेतको आधिकारिक सरकारी समाचार कुनाका अनुसार, देशभरि

Read More »

उद्योगी–व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले आज (बुधबार) उद्योगी–व्यवसायीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे हुने छलफलमा नेपाल उद्योग

Read More »

आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै ‘ब्रान्ड नेपाल’ अभियान सञ्चालन गरिन्छ : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले आर्थिक कूटनीतिलाई सुदृढ गर्दै नेपालको राष्ट्रिय हित, लगानी प्रवर्द्वन र विदेशमा रहेका नेपालीको सेवा–सुविधालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षका

Read More »