डायल एक्सिलेटरको डेमो डेमा कृषकलाई सघाउने ७ परियोजनाको प्रस्तुति

ललितपुर, जेठ १३ – ‘डायल एक्सिलेटर : डिजिटल इनोभेसन इन एग्रिकल्चर एन्ड लजिस्टिक्स’ कार्यक्रममा कृषकलाई प्रविधिमार्फत सघाउने उद्देश्यले सात स्टार्टअप कम्पनीहरूले आफ्ना परियोजनाहरूको डेमो प्रस्तुत गरेका छन्। स्विस सरकारको विकास सहयोग (एसडिसी) र आद्यन्त फन्ड म्यानेजमेन्टको सहकार्यमा आयोजित यस कार्यक्रममा प्रविधि, नवप्रवर्तन र कृषि आपूर्ति व्यवस्थामा आधारित विभिन्न समाधानहरू प्रस्तुत गरिएका थिए।

कार्यक्रममा सहभागी कम्पनीहरू ‘दैलो कृषि’, ‘आर एन्ड डी सोलुशन्स’, ‘एग्रिबाटो’, ‘डा। फिस’, ‘पिक एन्ड ड्रप’, ‘थोप्लो मेशिन’ र ‘प्लान्ट स्याट’ रहेका छन्। यी कम्पनीहरूले स्थानीय उत्पादनको बजार पहुँच, डिजिटल अर्डर म्यानेजमेन्ट, स्मार्ट सिँचाइ प्रणाली, माछापालनमा रोग पहिचान उपकरण, बीमा सहजता, तथा किसान र व्यापारीबीचको प्रत्यक्ष सम्पर्कलाई प्रविधिमार्फत सुधार गर्ने लक्ष्यसहित आफ्ना परियोजनाहरू प्रस्तुत गरे।

‘दैलो कृषि’ले किसानबाट उपभोक्तासम्म उत्पादन पुर्‍याउने डिजिटल प्रणाली, ‘आर एन्ड डी सोलुशन्स’ले ‘माटोदेखि बजारसम्म’ अभियान, ‘एग्रिबाटो’ले किसान र थोक व्यापारी जोड्ने एप, र ‘डा। फिस’ले माछापालनमा पानीको गुणस्तर र रोग पहिचान गर्न सक्ने उपकरण प्रस्तुत गरेका थिए। त्यस्तै, ‘पिक एन्ड ड्रप’ले सामाजिक सञ्जालमा आएको अर्डरलाई अटोमेसनमार्फत प्रशोधन गर्ने, ‘थोप्लो मेशिन’ले स्वचालित ग्राफ्टिङ र सिँचाइ प्रणाली, र ‘प्लान्ट स्याट’ले स्याटेलाइटमार्फत कृषि बीमा सजिलो बनाउने प्रविधिको प्रस्तुति दिएका थिए।

कार्यक्रममा प्रमुख अतिथि दीपक विष्टले प्रविधिले कामलाई सहज र प्रभावकारी बनाउने भएकाले नवप्रवर्तनको उपयोग हरेक क्षेत्रमा गर्नुपर्ने आवश्यकता औंल्याए। उनले डिजिटल पूर्वाधार बलियो बनाएर युवालाई उद्यमशीलता र नवप्रवर्तनमा आकर्षित गर्नुपर्नेमा जोड दिए। एसडिसीकी प्रतिनिधि सिसिल रिभेराले स्विट्जरल्यान्डले सधैं कृषि नवप्रवर्तनमा सहयोग गर्दै आएको बताउँदै उद्यमीहरूलाई थप हौसला दिन प्रतिबद्ध रहेको बताइन्।

सात परियोजनामध्ये उत्कृष्ट ठहरिने एक कम्पनीलाई आफ्ना योजनाका लागि ६० प्रतिशत अनुदान दिइनेछ भने बाँकी ४० प्रतिशत लगानी आफैंले जुटाउनुपर्नेछ। कार्यक्रमले प्रविधिको प्रयोगमार्फत नेपाली कृषि क्षेत्रलाई आधुनिक बनाउने दिशामा नयाँ सम्भावना र उत्साह थप्ने अपेक्षा गरिएको छ।

उद्योगी–व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले आज (बुधबार) उद्योगी–व्यवसायीसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे हुने छलफलमा नेपाल उद्योग

Read More »

आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै ‘ब्रान्ड नेपाल’ अभियान सञ्चालन गरिन्छ : मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले आर्थिक कूटनीतिलाई सुदृढ गर्दै नेपालको राष्ट्रिय हित, लगानी प्रवर्द्वन र विदेशमा रहेका नेपालीको सेवा–सुविधालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षका

Read More »

मन्त्रीको आलोचना गर्दा पक्राउ परेका स्वास्थ्यकर्मी २० घण्टामा रिहा

जनकपुरधाम । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध फेसबुकमा आलोचनात्मक सामग्री पोस्ट गरेपछि पक्राउ परेका स्वास्थ्यकर्मी नवेशकुमार यादव (अधिकारी)लाई करिब २० घण्टापछि प्रहरीले रिहा गरेको छ। जिल्ला प्रहरी

Read More »

फरेन्सिक परीक्षणको रिपोर्ट सार्वजनिक गर्न मिल्दैन, गोप्य राख्नुपर्छ : मन्त्री पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको

Read More »

गढीमाईका मेयरसहित ४ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । गढीमाई नगरपालिकाका मेयरसहित तीनजना विरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । मुद्दा दायर भएकामा एउटा कन्स्ट्रक्सन कम्पनी पनि रहेको छ । अख्तियार दुरूपयोग

Read More »

सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित प्रतिनिधित्व

Read More »