बागलुङका छ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप

ढोरपाटन (बागलुङ), ३ असार । बागलुङका १५ महिनासम्मका तीन हजार ५५२ र १६ देखि २३ महिनासम्मका तीन हजार ९८ गरी छ हजार ६४७ जना बालबालिकालाई सबै खोप लगाइएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम सापकोटाका अनुसार बालबालिकालाई १५ महिनाभित्र लगाउनुपर्ने १३ वटा रोगविरुद्धका सबै खोप लगाइएको हो ।

“बागलुङका सबै स्थानीय पालिकाले स्वास्थ्य संस्था स्थापना गरेर बालबालिकालाई खोप लगाउने र अन्य स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन्, बालबालिकालाई दिने नियमित खोपबाहेक यस वर्ष हामीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप पनि लगाइसकेका छौँ, विद्यालय जाने ६ देखि १० कक्षासम्मका ११ हजार ६२ छात्राहरु र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका ११ किशोरी गरी जम्मा ११ हजार १७७ जना (९८ प्रतिशत)लाई उक्त खोप लगाएका छौँ”, उहाँले भन्नुभयो ।

हाल बागलुङ जिल्लामा २०५ वटा खोप केन्द्रबाट तथा २१५ खोप ‘सेसन’मार्फत प्रत्येक महिना खोप तथा सरसफाइ प्रवद्र्धन सेवा प्रवाह हुँदै आएको छ । बागलुङ नगरपालिकाका एक हजार १२२, जैमिनी नगरपालिकाका ७७२, गलकोट नगरपालिकाका ७५४, ढोरपाटन नगरपालिकाका एक हजार ६२, बडिगाड गाउँपालिकाका ७९५, निसीखोला गाउँपालिकाका ८२९, तमानखोला गाउँपालिकाका २७७, ताराखोला गाउँपालिकाका १९३, काठेखोला गाउँपालिकाका ४३४, बरेङ गाउँपालिकाका ६४५ बालबालिकालाई सम्पूर्ण खोप लगाइएको प्रमुख सापकोटाले बताउनुभयो ।

फरेन्सिक परीक्षणको रिपोर्ट सार्वजनिक गर्न मिल्दैन, गोप्य राख्नुपर्छ : मन्त्री पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको

Read More »

गढीमाईका मेयरसहित ४ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । गढीमाई नगरपालिकाका मेयरसहित तीनजना विरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । मुद्दा दायर भएकामा एउटा कन्स्ट्रक्सन कम्पनी पनि रहेको छ । अख्तियार दुरूपयोग

Read More »

सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित प्रतिनिधित्व

Read More »

सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताएका छन्

Read More »

प्रधानमन्त्री बालेन र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र

Read More »

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको १४ सयले घटेर तोलाको २

Read More »