महोत्तरीमा घट्दै ट्राफिक कारबाही

महोत्तरी । जिल्लामा ट्राफिक प्रहरीले गर्ने कारबाही क्रमशः घट्दो छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको पछिल्ला तीन वर्षको तथ्याङ्कअनुसार बर्सेनि कारबाहीको सङ्ख्या घट्दै गएको देखिएको हो । चालु आर्थिक वर्षको गत जेठ मसान्तसम्ममा कारबाही सङ्ख्या २४ हजार ४६४ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा उक्त सङ्ख्या ३५ हजार ९२७ र त्यसभन्दा अघिल्लो आव २०७९÷८० मा ३७ हजार १५० थियो ।

“सवारी साधनको सङ्ख्या दिनहुँ बढ्दो छ,” जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लक्ष्मीराज जोशी भन्नुहुन्छ, “ट्राफिक सचेतना कार्यक्रमको प्रभावले हुनसक्छ, हामीले नियमित चेकजाँच बढाए पनि कारबाही गर्नुपर्ने अवस्था घटेका छन् ।” सडक दुर्घटना र मानवीय क्षतिका घटना पनि घट्दै गएको उहाँको भनाइ छ । कारबाही सङ्ख्या घटे पनि ठूला सवारीसाधनका चालकहरु बढी कारबाहीमा पर्दा राजस्व भने वृद्धि भएको जोशीले स्पष्ट पार्नुभयो । चालु आवमा दुई करोड रु ३३ लाख ६१ हजार ५०४ राजस्व सङ्कलन भइसकेको छ ।

फरेन्सिक परीक्षणको रिपोर्ट सार्वजनिक गर्न मिल्दैन, गोप्य राख्नुपर्छ : मन्त्री पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको

Read More »

गढीमाईका मेयरसहित ४ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । गढीमाई नगरपालिकाका मेयरसहित तीनजना विरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । मुद्दा दायर भएकामा एउटा कन्स्ट्रक्सन कम्पनी पनि रहेको छ । अख्तियार दुरूपयोग

Read More »

सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित प्रतिनिधित्व

Read More »

सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताएका छन्

Read More »

प्रधानमन्त्री बालेन र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र

Read More »

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको १४ सयले घटेर तोलाको २

Read More »