घोडामा ‘ग्ल्यान्डर्स’ रोगको सङ्क्रमण

कञ्चनपुर, ४ असार । कैलाली र कञ्चनपुरका इँटाभट्टामा पालिएका घोडा र खच्चरमा ‘ग्ल्यान्डर्स’ रोग देखा परेको छ । इँटाभट्टामा घोडा र खच्चर मर्न थालेपछि पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीको पशु चिकित्सकसहितको टोलीले जाँच गर्ने क्रममा ‘ग्ल्यान्डर्स’ रोग पत्ता लागेको हो ।

“कैलालीको जानकी गाउँपालिका–३ मा सञ्चालित इँटाभट्टामा पालिएका घोडामा ‘ग्ल्यान्डर्स’ रोग देखियो”, प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीले भने– “त्यसपछि बेदकोट नगरपालिका–६ स्थित इँटाभट्टामा पालिएका खच्चरमा त्यो रोग देखा परेको छ ।”

घोडाको रगतको नमूनाको पिसिआर परीक्षणका लागि काठमाडौंस्थित प्रयोगशालामा पठाएकामा त्यसबाट जीवाणुबाट सर्ने ‘ग्ल्यान्डर्स’रोग भएको पत्ता लागेको उनले बताए । इँटा बोक्न भारतबाट घोडा–खच्चर ल्याउने गरेकाले ‘ग्ल्यान्डर्स’ रोग फैलिएको हुनसक्ने उनले बताए ।

‘ग्ल्यान्डर्स’ रोग देखापरेका जनावरमा उच्च ज्वरो आउनका साथै नाक र आँखाबाट तरल पदार्थ बग्ने, फोक्सोलगायत श्वासप्रस्वास प्रणालीमा असर पर्ने गर्दछ ।

यसैगरी, छालामा गिर्खा देखिने र क्रमशः निको हुँदै तारा आकारको डाम रहने र समयमा उपचार नपाएमा घोडा खच्चरको मृत्यु हुने गर्दछ । यो मानिसमा पनि सर्न सक्ने भएकाले यसबारे सचेत हुनुपर्ने वरिष्ठ पशु चिकित्कसक जोशी बताउँछन् ।

फरेन्सिक परीक्षणको रिपोर्ट सार्वजनिक गर्न मिल्दैन, गोप्य राख्नुपर्छ : मन्त्री पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको

Read More »

गढीमाईका मेयरसहित ४ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । गढीमाई नगरपालिकाका मेयरसहित तीनजना विरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । मुद्दा दायर भएकामा एउटा कन्स्ट्रक्सन कम्पनी पनि रहेको छ । अख्तियार दुरूपयोग

Read More »

सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित प्रतिनिधित्व

Read More »

सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताएका छन्

Read More »

प्रधानमन्त्री बालेन र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र

Read More »

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको १४ सयले घटेर तोलाको २

Read More »