कारागारमा कैदीबन्दीको मृत्युपछि डडेलधुरा बजार बन्द

धनगढी : कैलाली जिल्ला कारागारमा थुनामा रहेका डडेलधुरा घर भएका कैदीबन्दीको मृत्यु भएपछि डडेलधुरा बजारमा तनाव उत्पन्न भएको छ। मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न माग गर्दै उद्योग वाणिज्य संघ डडेलधुराको नेतृत्वमा बजार बन्दसहितको आन्दोलन सुरु गरिएको हो।

भागेश्वर गाउँपालिका–५ निवासी २८ वर्षीय हरिश सिंह पालीको सोमबार सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। बैंकिङ कसुरमा दोषी ठहर भई कारागारमा कैद सजाय भोगिरहेका पाली असार २ गते बिहान अचानक बिरामी परेपछि उपचारका लागि अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको कैलालीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता राजकुमार सिंहले जानकारी दिए।

प्रहरीका अनुसार पालीलाई बिहान ११ बजे अस्पताल भर्ना गरिएको थियो। सेती अस्पतालमा उपचारको क्रममा उनको ज्यान जोगाउन सकिएन। मृतकको शव अहिले अस्पतालकै शव गृहमा राखिएको छ भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उता, पालीको मृत्युप्रति असन्तुष्टि जनाउँदै डडेलधुरा बजारमा मंगलबार बिहानैदेखि यातायात, व्यापार र अन्य सम्पूर्ण सेवा बन्द गरिएको छ। उद्योग वाणिज्य संघ डडेलधुराको अगुवाइमा स्थानीयले निष्पक्ष छानबिन र पीडित परिवारलाई न्यायको माग गर्दै सडक आन्दोलन सुरु गरेका छन्। संघले मृत्युलाई शंकास्पद भन्दै सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ। आन्दोलन जारी रहने जनाउँदै संघले दोषीमाथि कडा कारबाहीको माग समेत अघि सारेको छ।

फरेन्सिक परीक्षणको रिपोर्ट सार्वजनिक गर्न मिल्दैन, गोप्य राख्नुपर्छ : मन्त्री पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला विधेयकमा फरेन्सिक परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको

Read More »

गढीमाईका मेयरसहित ४ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । गढीमाई नगरपालिकाका मेयरसहित तीनजना विरूद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । मुद्दा दायर भएकामा एउटा कन्स्ट्रक्सन कम्पनी पनि रहेको छ । अख्तियार दुरूपयोग

Read More »

सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित प्रतिनिधित्व

Read More »

सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताएका छन्

Read More »

प्रधानमन्त्री बालेन र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र

Read More »

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको १४ सयले घटेर तोलाको २

Read More »