लुम्बिनीका पाँच जिल्लामा पोषण विशेष कार्यक्रम सञ्चालन गरिने

नेपालगञ्ज । लुम्बिनी प्रदेशमा मातृ तथा बाल स्वास्थ्य सुधारका लागि पोषण विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ । पोषण अवस्थामा सुधार एवम् बाल तथा मातृ मृत्युदर घटाउन लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयलले आज यहाँ स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालासँगको अन्तरक्रिया आयोजना गरेको थियो । बढ्दो मातृ तथा बाल मृत्युदर घटाउन विशेष कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयका जनस्वास्थ्य प्रशासक उमेश गौतमले जानकारी दिनुभयो ।

उहाँले पोषण नहुँदा त्यसले स्वास्थ्यमा गम्भीर असर पार्नुका साथै मृत्युसमेत हुने भएकाले सो अभियान सञ्चालन गर्न लागिएको उहाँको भनाइ छ । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मातृ तथा बाल मृत्युदर भएका ५ जिल्लामा पोषण विशेष कार्यक्रम गर्न लागिएको हो । आगामी आर्थिक वर्षदेखि बाँके, बर्दिया, दाङ, रुपन्देही र कपिलवस्तुमा पोषण विशेष कार्यक्रम सञ्चालन गरिने उहाँले उल्लेख गर्नुभयो । त्यसका लागि मन्त्रालयले रु आठ करोड बजेट विनियोजन गरेको गौतमले बताउनुभयो ।

लुम्बिनी प्रदेशका स्वास्थ्य सचिब दुर्गालक्ष्मी श्रेष्ठले पोषणमा सुधार ल्याउन प्रदेशले स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो । प्रदेशका वरिष्ठ नर्सिङ प्रशासक प्रमुख इश्वरी केसीले विषयवस्तु र कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभएको थियो । सो अन्तरक्रियाका सहभागीले बालबालिकामा कुपोषण हुन नदिन जनस्वास्थ्यका क्रियाकलापलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । लुम्बिनी प्रदेश मातृ तथा बाल मृत्युदर बढी हुने प्रदेशमा पर्छ ।

सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित प्रतिनिधित्व

Read More »

सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताएका छन्

Read More »

प्रधानमन्त्री बालेन र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र

Read More »

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको १४ सयले घटेर तोलाको २

Read More »

मन्त्रिपरिषद्ले गर्‍यो १५ सहसचिवको सरुवा, को कहाँ ?

काठमाडौँ : बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १५ जना राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका कर्मचारीहरूको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको

Read More »

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रियसभा बैठक आज (मंगलबार) बस्दैछ । बैठक अपराह्न १२ः१५ वजे बस्ने भएको हो । बैठममा ‘विनियोजन विधेयक, २०८३’अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये मन्त्रालयको छलफलमा उठेका

Read More »