‘सवारी दुर्घटनाबाट क्षति न्यूनीकरणमा सरकार संवेदनशील’

मोरङ। कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार सवारी दुर्घटनाबाट हुने सम्भावित क्षति न्यूनीकरणमा संवेदनशील रहेको बताउनुभएको छ । प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रहरी कार्यालय इटहरी सुनसरीद्वारा संयुक्त रुपमा आज विराटनगरमा आयोजित ट्राफिक सप्ताह–२०८२ को शुभारम्भ गर्दै उहाँले सरकार आवश्यक नीति निर्माण गरी ट्राफिक प्रहरीलाई साधन सम्पन्न बनाउँदै दुर्घटना न्यूनीकरणका लागि काम गरिरहेको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेश ट्राफिक कार्यालयले आगामी साउन १ गतेदेखि सवारी दुर्घटना न्यूनीकरण गरेका कामलाई सार्वजनिक गर्न निर्देशन दिनुभयो । उहाँले सार्वजनिक सवारीका धनीले सवारी चालकले सवारी सञ्चालनका क्रममा देखाउने व्यवहार, हाउभाउ सम्बन्धमा सचेत भई निगरानी गरेमा दुर्घटना कम गर्न सहयोग पुग्ने बताउनुभयो । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेशमा सवारी दुर्घटना, लागुपदार्थ दुर्व्यसन र आत्महत्या मुख्य चुनौतीका रुपमा रहेकाले यसलाई न्यूनीकरण गर्न सचेतना कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्ने जानकारी दिनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रदेश प्रहरी कार्यालय निमित्त प्रमुख गोविन्द अधिकारी, प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष श्रेष्ठले सवारी दुर्घटनाले जनधनको क्षति वृद्धि भइरहेकाले यसको न्यूनीकरण गर्न सरोकारवालाहरुलाई आग्रह गर्नुभयो । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत प्रदेशका १४ जिल्लामा दुर्घटना न्यूनीकरणको सचेतनालगायत विभिन्न कार्यक्रमको आयोजना गरिने भएको छ । प्रदेशमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्मा पाँच हजार १०० सवारी दुर्घटनामा ३८१ जनाको मृत्यु भएको प्रदेश ट्राफिक कार्यालयले जनाएको छ ।

सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित प्रतिनिधित्व

Read More »

सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताएका छन्

Read More »

प्रधानमन्त्री बालेन र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र

Read More »

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको १४ सयले घटेर तोलाको २

Read More »

मन्त्रिपरिषद्ले गर्‍यो १५ सहसचिवको सरुवा, को कहाँ ?

काठमाडौँ : बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १५ जना राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका कर्मचारीहरूको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको

Read More »

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रियसभा बैठक आज (मंगलबार) बस्दैछ । बैठक अपराह्न १२ः१५ वजे बस्ने भएको हो । बैठममा ‘विनियोजन विधेयक, २०८३’अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये मन्त्रालयको छलफलमा उठेका

Read More »