योगले विश्वशान्तिको भावना बलियो बनाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव

काठमाडौँ, ७ असार । उपराष्ट्रपति रामसहायप्रसाद यादवले योगले विश्वशान्ति, सहिष्णुता र सहकार्यको भावनालाई बलियो बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । अन्तरराष्ट्रिय योग दिवस, २०२५ को अवसरमा शुभकामना व्यक्त गर्दै योग शारीरिक अभ्यास मात्र नभई एक जीवनपद्धति पनि भएको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “योग शारीरिक अभ्यास मात्र नभई यो एक जीवनपद्धति पनि हो । योगले आत्मा, शरीर र मनवबीचको सन्तुलन स्थापित गरी मानव जीवनलाई शान्त, समृद्ध र अनुशासित बनाउन सघाउँदछ ।”

सम्पूर्ण मानव समुदायमा योगको महत्व, लाभ र समग्र जीवनमा यसको प्रभावबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुन २१ मा यो दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइन्छ । योगले शारीरिक व्यायाम, श्वासप्रश्वासको नियन्त्रण, ध्यान तथा नैतिक अनुशासनलाई आधार मानेर विकास गरिएको योग प्रणालीले हाम्रो दैनन्दिन जीवनलाई आध्यात्मिक, भावनात्मक र मानसिक दृष्टिले समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उपराष्ट्रपति यादवको भनाइ छ । “आजको युगमा बढ्दो मानसिक तनाव, शारीरिक निष्क्रियता र जीवनशैलीजन्य समस्या समाधान गर्न योग प्रभावकारी उपायको रूपमा स्थापित भइसकेको छ”, उहाँले भन्नुभएको छ ।

उहाँले नियमित योग अभ्यासले मानसिक तनाव न्यूनीकरण, सकारात्मक विचारधाराको विकास तथा अन्तरमनको शान्ति स्थापनामा महत्त्वपूर्ण योगदान पुग्ने पनि विश्वास व्यक्त गर्नुभएको छ । योगले विशेषतः हृदयघात, मधुमेह र अन्य दीर्घकालीन रोगको रोकथाम तथा नियन्त्रणमा यसको प्रभावकारिता वैज्ञानिक रूपमा प्रमाणित भइसकेको उहाँको भनाइ छ । उपराष्ट्रपति यादवले सम्पूर्ण नागरिकहरूले योगलाई आफ्नो जीवनशैलीमा आत्मसात् गर्दै शारीरिक, मानसिक र आत्मिक स्वास्थ्यप्रति सजग रहनुपर्ने आवश्यकता पनि औँल्याउनुभएको छ । स्वस्थ जीवनशैलीको अभ्यासमार्फत हामी समृद्ध राष्ट्र र सशक्त समाज निर्माणको मार्गमा अग्रसर हुनसक्ने उहाँले बताउनुभएको छ ।

सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित प्रतिनिधित्व

Read More »

सरकारको प्राथमिकता सुशासन, तीव्र आर्थिक वृद्धि र रोजगारी सृजनाः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सिर्जना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने रहेको बताएका छन्

Read More »

प्रधानमन्त्री बालेन र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र

Read More »

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको १४ सयले घटेर तोलाको २

Read More »

मन्त्रिपरिषद्ले गर्‍यो १५ सहसचिवको सरुवा, को कहाँ ?

काठमाडौँ : बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १५ जना राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका कर्मचारीहरूको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको

Read More »

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रियसभा बैठक आज (मंगलबार) बस्दैछ । बैठक अपराह्न १२ः१५ वजे बस्ने भएको हो । बैठममा ‘विनियोजन विधेयक, २०८३’अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये मन्त्रालयको छलफलमा उठेका

Read More »