व्यस्त जीवनशैलीलाई योगामार्फत व्यवस्थित गरौँः मुख्यमन्त्री सिंह

वीरगञ्ज (पर्सा) । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो व्यस्त जीवनशैलीलाई योगामार्फत व्यवस्थित गर्न आह्वान गर्नुभएको छ । भारतको महावाणिज्य दृतावास वीरगञ्जद्वारा आज यहाँ आयोजित अन्तरराष्ट्रिय योग दिवसका अवसरमा मुख्यमन्त्री सिंहले योगामार्फत विभिन्न खालका रोगका उपचार पनि हुँदै आइरहेको पनि उल्लेख गर्नुभयो । “मानव कुनै न कुनै किसिमको तनावबाट गुज्रिने भएकाले पनि योगाको आवश्यकता बच्चादेखि वृद्धसम्म अत्यन्त जरुरी भइसकेको छ”, उहाँले भन्नुभयो, “भागदौड र व्यस्त जीवनशैलीले मानिस आफ्नो स्वास्थ्यलाई ध्यान दिन नसक्दा विभिन्न किसिमका रोगको समस्या देखिएको छ ।

त्यसैले योगमार्फत रोगलाई जित्न सकिने भएकाले सोतर्फ लाग्न अनुरोध गर्दछु ।” मुख्यमन्त्री सिंहले तनावयुक्त अवस्थाबाट गुज्रिरहेको परिपेक्षमा आफ्नो दिनको सुरुआत योगबाट गरेमा धेरै हदसम्म तनाव व्यवस्थापन गर्न सकिने बताउनुभयो । “बच्चादेखि वृद्धसम्म कामले होस् या पढाइले तनावबाट गुज्रिरहेको अवस्था छ । व्यस्त जीवनशैलीमा बिहानको समयमा योगा गरेर भए पनि आफ्नो स्वास्थ्यलाई केही हदसम्म भए पनि स्वस्थ र फूर्तिलो गराउन पहलकदमी गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “योग प्राचीनकालदेखि अभ्यास हुँदै आइरहेकाले त्यसलाई सबैले अनुशरण गर्न जरुरी छ ।”

भारतको महावाणिज्य दूतावासका महावाणिज्य दृत देवी सहाय मिनाले अहिलेको सन्दर्भमा योगको महत्व दिनानुदिन बढ्दै गइरहेको बताउनुभयो । त्यस्तैगरी प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय वीरगञ्जले आज यहाँ विविध कार्यक्रम गरेर ११औँ अन्तरराष्ट्रिय योग दिवस २०८२ मनाएको छ । कार्यालय प्रमुख डा शिवनारायण गुप्ताले योगको महत्व अझै बढ्दै गइरहेको बताउनुभयो । “योगले शारीरिक ,मानसिक रुपमा स्वस्थ हुन महत्वपूर्ण योगदान पु¥याउने गर्छ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री बालेन र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र

Read More »

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको १४ सयले घटेर तोलाको २

Read More »

मन्त्रिपरिषद्ले गर्‍यो १५ सहसचिवको सरुवा, को कहाँ ?

काठमाडौँ : बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १५ जना राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका कर्मचारीहरूको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको

Read More »

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रियसभा बैठक आज (मंगलबार) बस्दैछ । बैठक अपराह्न १२ः१५ वजे बस्ने भएको हो । बैठममा ‘विनियोजन विधेयक, २०८३’अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये मन्त्रालयको छलफलमा उठेका

Read More »

‘प्रधानमन्त्रीको मात्रै गरिमा बचेर यो सरकार रहने छैन : रास्वपा सांसद खरेल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल (दोलखा) ले संसद् र सरकारको गरिमा रहने गरी काम हुनुपर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले

Read More »

प्रधानमन्त्री बालेनले चुनावमा चडेको ल्याण्डरोभर गाडी भन्सार छलेर ल्याइएको खुलाशा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु वलीले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावमा प्रयोग गरेको ल्याण्डरोभर गाडी भन्सार छली गरेर ल्याइएको रहेको खुलाशा गरेकी छिन् ।

Read More »