बस्तीलाई भू–स्खलनबाट जोगाउन महिला सक्रिय

जलेश्वर, ७ असार । पुरुष प्रधान हाम्रो समाजमा प्रत्येक योजना तथा भौतिक निर्माणका काममा पुरुषमात्रै सहभागी भइरहेका बेला महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकामा सञ्चालित एक योजनामा महिलामात्रै सहभागी भएर निर्माण अगाडि बढाएका छन् । जिल्लाकै सुदूर उत्तरवर्ती चुरेको काँछमा रहेको बर्दिवास नगरपालिका–११ खयरमारा गाउँमा महिलामात्रै सहभागी भएर योजना सञ्चालन गरिरहेको पाइएको छ । महिला पनि पुरुषभन्दा कम छैनन् र महिलाले चाहे जे पनि गर्न सक्छन् भन्ने उदाहरण दिँदै त्यहाँका महिला आफ्नो बस्तीलाई भू–स्खलनबाट जोगाउन पर्खाल निर्माणमा जुटेका छन् । मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको ५० लाख ५२ हजार ९२२ रुपैयाँ ३७ पैसाको लागतमा महिलाले खयरमारा गाउँको ‘बाँके खोलादेखि बढुवा खोल्सीसम्मको सडकको दक्षिणपट्टी मेसिनरी वाल निर्माण’ गरिरहेका छन् ।

दुई सय ७० मिटर लम्बाइ र विभिन्न ठाउँमा १६०÷१७० सेन्टिमिटर बेसदेखि १९० सेन्टिमिटरको बेस र ७०÷८० सेन्टिमिटर ‘टप फिनिस पर्खाल’ निर्माणमा स्थानीय महिला जोरसोरले लागेका छन् । यस योजनाको उपभोक्ता समितिमा सात जना महिला नै छन् भने यस योजना निर्माणमा संलग्न डकर्मी, सिकर्मी र कामदार पनि महिला नै रहेका छन् । २७ जना महिलाको समूहमा कोही ढुङ्गा बोक्ने, कोही बालुवा ल्याउने, कोही सिमेन्ट ल्याउने, कोहीले मसला तयार गर्ने र केहीले पर्खाल निर्माणमा मिस्त्री (सिकर्मी, डकर्मी) को काम गरिरहेका छन् । योजनाका कोषाध्यक्ष अनुराधा मगरातीले यहाँका पुरुषले पनि यत्रो ठूलो योजना महिला मात्रैले पूरा गर्न सक्दैनन् आफूहरूलाई होच्याइरहेकामा अहिले पूरा गाउँ ले आफूहरूको सराहना गरेका बताउनुभयो । त्यसैगरी, योजनाका सचिव तिला दाहालले यस योजना निर्माणले हामी महिलाको हौसला बढाएको र आफूहरू अब पुरुषसरह नै कुनै पनि योजना पूरा गरेर देश विकासमा टेवा पुर्याउनसक्ने दाबी गर्नुभयो ।

आफ्नो बस्तीको सडक र बस्तीलाई जोगाउन स्थानीय महिलाहरू मात्रै सहभागी भएर गरिरहेका यत्रो ठूलो भौतिक निर्माण सफलता पूर्वक सम्पन्न हुन आँटेको देखेर स्थानीय नेपाली काँग्रेसका नेता पोषण थापाले यस्तो उपभोक्ता समिति र यस्तो काम मधेश प्रदेशमै पहिलो रहेको बताउनुभयो । त्यस्तै, बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद क्षेत्रीले खयरमाराका महिलाले गरिरहेको भौतिक निर्माणको प्रशंसा गर्नुभयो । उपभोक्ता समितिका अध्यक्ष अनिता सुवेदीले पुरुषले सञ्चालन गरेको योजनामा अनियमितता हुने, कामचोरी हुने र तोकिएको काम नहुने बताउँदै आफूहरू महिला मात्रै सहभागी भएर सञ्चालन गरेको यस योजनाले नमुना काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आगामी पाँच दिनभित्र योजना सम्पन्न गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री बालेन र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र

Read More »

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको १४ सयले घटेर तोलाको २

Read More »

मन्त्रिपरिषद्ले गर्‍यो १५ सहसचिवको सरुवा, को कहाँ ?

काठमाडौँ : बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १५ जना राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका कर्मचारीहरूको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको

Read More »

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रियसभा बैठक आज (मंगलबार) बस्दैछ । बैठक अपराह्न १२ः१५ वजे बस्ने भएको हो । बैठममा ‘विनियोजन विधेयक, २०८३’अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये मन्त्रालयको छलफलमा उठेका

Read More »

‘प्रधानमन्त्रीको मात्रै गरिमा बचेर यो सरकार रहने छैन : रास्वपा सांसद खरेल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल (दोलखा) ले संसद् र सरकारको गरिमा रहने गरी काम हुनुपर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले

Read More »

प्रधानमन्त्री बालेनले चुनावमा चडेको ल्याण्डरोभर गाडी भन्सार छलेर ल्याइएको खुलाशा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु वलीले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावमा प्रयोग गरेको ल्याण्डरोभर गाडी भन्सार छली गरेर ल्याइएको रहेको खुलाशा गरेकी छिन् ।

Read More »