कृषिको आधुनीकिकरणका लागि नीतिगत सुधार गर्नुपर्नेमा जोड

काठमाडौँ, ७ असार । राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाश श्रेष्ठले कृषिको आधुनीकिकरण र व्यवसायीकरणका लागि नीतिगत सुधार गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)द्वारा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले मुलुकको आर्थिक विकासका लागि कृषि उत्पादन वृद्धि गर्न नीतिगत सुधारको आवश्यकता औँल्याउनुभयो । कृषि क्षेत्रमा यन्त्रीकरण, बजारीकरण, भण्डारणको अभाव हुन नदिन विद्यमान समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिँदै श्रेष्ठले सरकारले उत्पादनको आधारमा कृषकलाई सहुलियत तथा अनुदानको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

मुलुकमा कृषि, पर्यटन, पूर्वाधार तथा उद्योग क्षेत्रलेबेरोजगार युवालई रोजगारीका अवसर सृजना गर्ने उल्लेख गर्दै उहाँले त्यसका लागि आवश्यक पुँजी व्यवस्थापनका लागि वाणिज्य बैंकले क्षेत्रीय विशिष्टताका आधारमा लगानी गर्नुपर्ने धारणा राख्नुभयो । डा श्रेष्ठले वितरणमुखी बजेटलाई सुधार गर्न रु तीन करोड भन्दा कम लागतका परियोजना समावेश नगर्ने नीति राखिएको प्रष्ट पार्नुभयो । नविल बैंकका प्रमुख कार्यकारी मनोज ज्ञवालीले पुँजी सञ्चय तथा लगानी विस्तार गर्न बैंक तथा वित्तीय संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै आमजनताले निक्षेप सङ्कलन गरेको रकमलाई बैंकले कर्जा प्रवाह गर्दा धितो सुरक्षालाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री बालेन र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र

Read More »

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको १४ सयले घटेर तोलाको २

Read More »

मन्त्रिपरिषद्ले गर्‍यो १५ सहसचिवको सरुवा, को कहाँ ?

काठमाडौँ : बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १५ जना राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका कर्मचारीहरूको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको

Read More »

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रियसभा बैठक आज (मंगलबार) बस्दैछ । बैठक अपराह्न १२ः१५ वजे बस्ने भएको हो । बैठममा ‘विनियोजन विधेयक, २०८३’अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये मन्त्रालयको छलफलमा उठेका

Read More »

‘प्रधानमन्त्रीको मात्रै गरिमा बचेर यो सरकार रहने छैन : रास्वपा सांसद खरेल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल (दोलखा) ले संसद् र सरकारको गरिमा रहने गरी काम हुनुपर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले

Read More »

प्रधानमन्त्री बालेनले चुनावमा चडेको ल्याण्डरोभर गाडी भन्सार छलेर ल्याइएको खुलाशा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु वलीले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावमा प्रयोग गरेको ल्याण्डरोभर गाडी भन्सार छली गरेर ल्याइएको रहेको खुलाशा गरेकी छिन् ।

Read More »