अमेरिकी आक्रमणपछि इरान आक्रोशित, के तेस्रो विश्वयुद्ध हुन्छ ?

काठमाडौं, ८ असार । इजरायल र इरानबीचको जारी युद्ध आज १०औं दिन हो । दुवै देशले एकअर्कामाथि लगातार क्षेप्यास्त्र प्रहार गरिरहेका छन् । यसक्रममा अमेरिकाले पनि इरानविरुद्धको आक्रमणमा सामेल हुँदै इरानका ३ वटा आणविक स्थलहरू आक्रमण गर्‍यो ।

अमेरिकी वायुसेनाले इरानका तीन आणविक स्थलहरू फोर्डो, नातान्ज र इस्फहानमामा आक्रमण गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समय अघि अमेरिकी वायुसेनाले इरानमा गरेको हवाई आक्रमणको बारेमा जानकारी दिएका थिए ।

ह्वाइट हाउसका अधिकारीका अनुसार इरानमाथि अमेरिकी आक्रमणपछि ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीच फोनमा कुराकानी भएको छ । नेतान्याहूले ट्रम्पलाई बधाई दिएका छन् । नेतान्याहूले अमेरिकाले इरान भित्र आणविक स्थलहरूमा बम खसालेपछि ट्रम्पलाई बधाई दिएका हुन् ।

नेतान्याहूले भनेका छन्– धन्यवाद राष्ट्रपति ट्रम्प, तपाईंले इरान भित्रका आणविक अड्डाहरूमा आक्रमण गर्ने कडा कदम चाल्नुभएको छ । यसले इतिहास बदल्नेछ ।

अमेरिकी आक्रमणपछि इरान आक्रोशित बनेको छ । उसले अब जारी युद्ध झन् चर्कने बताएको छ । इरानको आणविक ऊर्जा संगठनले केही समयमा अमेरिकी आक्रमणको बारेमा विज्ञप्ति जारी गर्ने इरानको सरकारी समाचार एजेन्सी आईआरआईबीले बताएको छ ।

इजरायल र इरानबीचको युद्धमा अमेरिकाको प्रवेशसँगै तेस्रो विश्वयुद्ध सुरु हुनसक्ने अड्कलबाजी भइरहेको छ ।

प्रधानमन्त्री बालेन र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र

Read More »

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको १४ सयले घटेर तोलाको २

Read More »

मन्त्रिपरिषद्ले गर्‍यो १५ सहसचिवको सरुवा, को कहाँ ?

काठमाडौँ : बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १५ जना राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका कर्मचारीहरूको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको

Read More »

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रियसभा बैठक आज (मंगलबार) बस्दैछ । बैठक अपराह्न १२ः१५ वजे बस्ने भएको हो । बैठममा ‘विनियोजन विधेयक, २०८३’अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये मन्त्रालयको छलफलमा उठेका

Read More »

‘प्रधानमन्त्रीको मात्रै गरिमा बचेर यो सरकार रहने छैन : रास्वपा सांसद खरेल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल (दोलखा) ले संसद् र सरकारको गरिमा रहने गरी काम हुनुपर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले

Read More »

प्रधानमन्त्री बालेनले चुनावमा चडेको ल्याण्डरोभर गाडी भन्सार छलेर ल्याइएको खुलाशा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु वलीले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावमा प्रयोग गरेको ल्याण्डरोभर गाडी भन्सार छली गरेर ल्याइएको रहेको खुलाशा गरेकी छिन् ।

Read More »