आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान

घोराही (दाङ), ८ असार ।   गढवा गाउँपालिका–१ बडहरास्थित कुलपानी हरित उद्यान (पार्क) पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । यहाँ हरेक दिनजसो मानिस घुम्न जाने गर्छन् । सिमसार क्षेत्रलाई संरक्षण गर्दै कुलपानी सामुदायिक वन समूहले पर्यटन प्रवर्द्धनका लागि हरित पार्क, जलासयसँगै काठको भ्यूटावर निर्माण गरेपछि आन्तरिक पर्यटनको गन्तव्य बनेको हो ।

वन समूहका अध्यक्ष नवराज शर्माका अनुसार वन समूहले कृत्रिम जलासयसँगै पार्क निर्माण गरेर बाघ, गैँडा, जरायो, घोडा, मयुरलगायत विभिन्न प्रजातिका चराको प्रतिमा बनाएपछि पार्कमा घुम्न र वनभोजका लागि आउने मानिसको सङ्ख्यामा वृद्धि भएको छ ।

कुलपानीमा पर्यटकलाई आकर्षण गर्नेगरी पार्कसँगै पोखरीमा काठको पुल, भ्यूटार निर्माणले थप आकर्षण बढाउने काम गरेको छ । पार्कमा घुम्न आउनेसँग रु २० देखि ३० सम्म लिने गरिएको छ । पर्यटन प्रवर्द्धनका माध्यमबाट राम्रो आयआर्जन हुन थालेपछि वन समूहले १२ हेक्टरमा फैलिएको पार्कलाई २० हेक्टर क्षेत्रमा वृद्धि गर्ने योजनाका साथ अघि बढेको छ । अध्यक्ष शर्माका अनुसार हालसम्म ५१ हजार बढीले अवलोकन गरेका छन् ।

वातावरणीय रूपमा उपयुक्त र मानिसले दैनिक जीवनयापनका क्रममा प्रयोग गर्ने गरिएका र अहिले लोप हुने अवस्थामा पुगेका काठका सामग्रीलाई सङ्कलन गरेर काठको सङ्ग्राहलय स्थापनाका लागि काम भइरहेको छ । काठबाट बनेका र देउखुरी क्षेत्रमा मानिसले प्रयोग गरेका लडिया, डुङ्गा, कोल, ढिकी, हलो, जुवाँ, ठेकीलगायत परम्परागत सामग्री सङ्कलन गरे पनि राख्ने उपयुक्त ठाउँ नपाउँदा समस्या भइरहेको भन्दै काठको सङ्ग्रालय स्थापना गर्नेगरी वन समुहले विभिन्न सामग्री सङ्कलन गरेको छ, तर ठाउँको अभावमा सञ्चालन गर्न सकिएको छैन ।

अध्यक्ष शर्माले कुलपानीलाई धार्मिक एवं सिमसार क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्नेगरी हरित पार्क निर्माण गर्नुका साथै जलविहारका लागि मानिस आउने गरेको बताउनुभयो । प्राकृतिक स्रोत र साधनको संरक्षणसँगै आन्तरिक पर्यटनको विकास गर्न कुलपानीमा पूर्वाधार विकासका लागि लगानी गर्न आवश्यक रहे पनि त्यसअनुसारको सहयोग प्राप्त हुन नसकेको बताउनुभयो । गर्मीयाममा जङ्गल क्षेत्रमा रहेको पार्कमा शीतलतासँगै पार्कमा रहेका विभिन्न मूर्ति हेर्नदेखि फोेटो, भिडियो खिच्नका लागि धेरै मानिस आउने गरेका स्थानीय सीता गिरी बताउनुहुन्छ ।

वन समूहले पार्क निर्माणसँगै विभिन्न वन्यजन्तुका मूर्ति तथा पोखरीमा निर्माण गरेर डुङ्गा सञ्चालन गरेपछि शनिबार र सार्वजनिक बिदाका दिन धेरै मानिस आउने गरेको उहाँले बताउनुभयो । लगानी अभावमा बाल उद्यान, जङ्गली पशुपन्छीका लागि खोरसँगै तारबार गर्ने काम गर्न नसकिएको बताउनुहुन्छ ।

प्रधानमन्त्री बालेन र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र

Read More »

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको १४ सयले घटेर तोलाको २

Read More »

मन्त्रिपरिषद्ले गर्‍यो १५ सहसचिवको सरुवा, को कहाँ ?

काठमाडौँ : बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १५ जना राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका कर्मचारीहरूको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको

Read More »

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रियसभा बैठक आज (मंगलबार) बस्दैछ । बैठक अपराह्न १२ः१५ वजे बस्ने भएको हो । बैठममा ‘विनियोजन विधेयक, २०८३’अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये मन्त्रालयको छलफलमा उठेका

Read More »

‘प्रधानमन्त्रीको मात्रै गरिमा बचेर यो सरकार रहने छैन : रास्वपा सांसद खरेल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल (दोलखा) ले संसद् र सरकारको गरिमा रहने गरी काम हुनुपर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले

Read More »

प्रधानमन्त्री बालेनले चुनावमा चडेको ल्याण्डरोभर गाडी भन्सार छलेर ल्याइएको खुलाशा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु वलीले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावमा प्रयोग गरेको ल्याण्डरोभर गाडी भन्सार छली गरेर ल्याइएको रहेको खुलाशा गरेकी छिन् ।

Read More »