अभद्र टिप्पणी गर्नेलाई समीक्षाले फेसबुकमा सार्वजनिक गरेपछि माफी माग्न बाध्य

काठमाडौँ । आफ्नो पोस्टमा अभद्र टिप्पणी गर्ने एक प्रयोगकर्ताको जानकारी गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् । आफ्नो टिप्पणी समीक्षाले सार्वजनिक गरेपछि ती प्रयोगकर्ताले लगत्तै गायिकासँग माफी मागेका छन् । ती प्रयोगकर्ताले गायिका अधिकारीसँग क्षमा माग्दै लेखेका छन्, ‘समीक्षा बहिनी जे लेखियो, त्यसको लागि हृदयदेखि माफी माग्छु । यसलाई लामो बनाउनुभन्दा फेरि भेट हुँदा हात जोडेर माफ मागुँला…!! अब ।’

अधिकारीले पनि उनको माफी स्वीकार गर्दै उनले गरेको अभद्र टिप्पणीसहितको स्क्रिनसट हटाएकी छन् ।उनले लेखेकी छन्, ‘माफीको दायरालाई मैले नाघ्न सकिनँ, त्यसैले उहाँलाई माफीसँगै अरूलाई आफ्नो व्यक्तित्व चिनाउनु पूर्व पहिलो आफूलाई चिन्नुहोस् । सङ्घर्षको मैदानमा हिँड्दा हिँड्दै लडेर पनि उठेको मान्छे म । अरूलाई लडाउँछु भन्दा आफू पनि लडिन्छ भन्ने कुराको सबै जनाले ख्याल गर्नुहोला ।’

सामाजिक सञ्जालका प्रयोगकर्ताले समीक्षाको यस कदमलाई समर्थन गर्दै उनको हिम्मतको प्रशंसा गरेका छन् । धेरैले उनलाई आफ्नो ‘मिसन’ मा नडराई अघि बढ्न सुझाव पनि दिएका छन् । वास्तवमा, ती प्रयोगकर्ताले गायिका अधिकारीको विगतलाई लिएर अभद्र टिप्पणी गरेका थिए । त्यसपछि अधिकारीले उक्त कमेन्टको स्क्रिनसट र परिवारको तस्बिरसहित सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । उक्त पोस्ट निकै भाइरल बनेको थियो ।

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको १४ सयले घटेर तोलाको २

Read More »

मन्त्रिपरिषद्ले गर्‍यो १५ सहसचिवको सरुवा, को कहाँ ?

काठमाडौँ : बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १५ जना राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका कर्मचारीहरूको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको

Read More »

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रियसभा बैठक आज (मंगलबार) बस्दैछ । बैठक अपराह्न १२ः१५ वजे बस्ने भएको हो । बैठममा ‘विनियोजन विधेयक, २०८३’अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये मन्त्रालयको छलफलमा उठेका

Read More »

‘प्रधानमन्त्रीको मात्रै गरिमा बचेर यो सरकार रहने छैन : रास्वपा सांसद खरेल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल (दोलखा) ले संसद् र सरकारको गरिमा रहने गरी काम हुनुपर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले

Read More »

प्रधानमन्त्री बालेनले चुनावमा चडेको ल्याण्डरोभर गाडी भन्सार छलेर ल्याइएको खुलाशा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु वलीले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावमा प्रयोग गरेको ल्याण्डरोभर गाडी भन्सार छली गरेर ल्याइएको रहेको खुलाशा गरेकी छिन् ।

Read More »

रास्वपाको नयाँ नीतिः कार्यकारी र न्यायिक संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र कार्यकारी संयन्त्र र न्यायिक (अनुशासनसम्बन्धी) संयन्त्रलाई पूर्ण रूपमा अलग राख्ने नीति अघि सारेको छ । चितवनमा भएको प्रथम

Read More »