प्रधानमन्त्रीलाई सहकारी महासङ्घको ध्यानाकर्षण

काठमाडौं, ९ असार । प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सहकारी महासङ्घले सहकारी क्षेत्रलाई नियमनका क्रममा सङ्कुचन गर्न नहुने विषयमा आज ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री निवास, बालुुवाटारमा आज भएको भेटमा महासङ्का अध्यक्ष ओमदेवी मल्लसहितको टोलीले नेपाल राष्ट्र बैंङ्क र सहकारी प्राधिकरणबाट जारी भएका निर्देशिका र मापदण्डमा स्रोत सङ्कलनको सीमाअन्तर्गत १० प्रतिशत निक्षेप र १५ प्रतिशत ऋणको व्यवस्था सन्तुुलित नभएको, सदस्य भएको तीन महिनाभित्र कारोबार गर्न सकिने व्यवस्था हुनुपर्नेलगायत माग राखिएको हो ।

नेकपा (एमाले)को केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागका प्रमुख खगराज अधिकारी, पूर्वमन्त्री एवं महासङ्घका पूर्व अध्यक्ष केशव बडाल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्मालगायत सहभागी छलफलमा प्रधानमन्त्री ओलीले सम्बन्धित क्षेत्रको सहज सञ्चालन र व्यवस्थापनका लागि कानुन, नीति र निर्देशिकाहरू ल्याइने भएकाले त्यस अनुसार प्रबन्ध गर्न सरकारले सहजीकरण गर्ने विश्वास दिलाए ।

सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याएको विधेयकका कतिपय प्रावधानलाई परिमार्जन गर्न सुझाव बुझाएको छ ।

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको १४ सयले घटेर तोलाको २

Read More »

मन्त्रिपरिषद्ले गर्‍यो १५ सहसचिवको सरुवा, को कहाँ ?

काठमाडौँ : बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १५ जना राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका कर्मचारीहरूको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको

Read More »

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रियसभा बैठक आज (मंगलबार) बस्दैछ । बैठक अपराह्न १२ः१५ वजे बस्ने भएको हो । बैठममा ‘विनियोजन विधेयक, २०८३’अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये मन्त्रालयको छलफलमा उठेका

Read More »

‘प्रधानमन्त्रीको मात्रै गरिमा बचेर यो सरकार रहने छैन : रास्वपा सांसद खरेल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल (दोलखा) ले संसद् र सरकारको गरिमा रहने गरी काम हुनुपर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले

Read More »

प्रधानमन्त्री बालेनले चुनावमा चडेको ल्याण्डरोभर गाडी भन्सार छलेर ल्याइएको खुलाशा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु वलीले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावमा प्रयोग गरेको ल्याण्डरोभर गाडी भन्सार छली गरेर ल्याइएको रहेको खुलाशा गरेकी छिन् ।

Read More »

रास्वपाको नयाँ नीतिः कार्यकारी र न्यायिक संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र कार्यकारी संयन्त्र र न्यायिक (अनुशासनसम्बन्धी) संयन्त्रलाई पूर्ण रूपमा अलग राख्ने नीति अघि सारेको छ । चितवनमा भएको प्रथम

Read More »