गोरखामा लिची बिक्रीबाट रु ११ करोड आम्दानी

गोरखा, १३ असार  गोरखाका किसानले लिची बिक्रीबाट यो वर्ष रु ११ करोड १५ लाख आम्दानी गरेका छन् । गत वर्षको तुलनामा जिल्लामा यसपटक लिची उत्पादनबाट किसानले झण्डै एक करोड १५ लाख बढी आम्दानी गर्न सफल भएकोे कृषि ज्ञानकेन्द्र गोरखाका प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिनुभयो ।

“गतवर्ष यहाँ रु १० करोड बराबरको लिची बिक्री भएको थियो”, उहाँले भन्नुभयो, “तर यसपटक रु एघार करोडभन्दाबढी मूल्यको लिची किसानले बिक्री गरेका छन् ।’’ प्रमुख बस्ताकोटीले लिचीका लागि मौसम अनुकुल भएको तथा बगैँचा व्यवस्थापन राम्रो भएकाले उत्पादन बढेको बताउनुभयो । “यसपाली लिची उत्पादनका लागि मौसम अनुकूल रह्यो,” उहाँले भन्नुभयोे, “त्यसमा पनि किसानले समयमै औषधि उपचार तथा बगैँचाको राम्रो मलजल तथा सिँचाइ व्यवस्थापन गरेका कारण उत्पादन राम्रो भएको हो ।” गोरखामा यो वर्ष एक हजार सात सय १६ मेट्रिक टन लिची उत्पादन भएको छ, जबकी गत वर्ष एक हजार पाँच सय ९७ मेट्रिक टन लिची उत्पादन भएको थियो ।

अघिल्लो वर्ष एकसय ८० हेक्टर क्षेत्रफलमा लिची उत्पादन भएकोमा यो वर्ष एक सय ८७ हेक्टरमा लिची उत्पादन भएको प्रमुख बस्ताकोटीको भनाइ छ । उत्पादित लिची प्रतिकेजी रु ६५ का दरले बिक्री हुँदा किसानले मनग्य आम्दानी गरेको उहाँले बताउनुभयो । जिल्लाको पालुङटार नगरपालिकालाई लिचीखेतीको मुख्य पकेट क्षेत्र मानिन्छ । पालुङटारको वडा नम्बर ६, ७ र ८ बाट मात्रै ८० प्रतिशत लिची उत्पादन हुने गरेको छ । ती वडामा करिब ३० हजार लिचीका बोट छन् । पालुङटार क्षेत्रमै १५० हेक्टर जमिनमा लिचीखेती गरिएको छ ।

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

काठमाडौं । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग भोलि (सोमबार) औपचारिक रूपमा उद्घाटन गरिने भएको छ । लामो समयदेखि निर्माणाधीन रहेको यो राष्ट्रिय गौरवको

Read More »

हेटौंडामा एक पुरुष मृत फेला

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित यातायात व्यवस्था कार्यालय नजिकै एक पुरुष मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार बिहान करिब

Read More »

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन तोलामा १ हजार ६०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८७ हजार १०० रुपैयाँमा

Read More »

भारतको नयाँ शिक्षामन्त्री बने प्रल्हाद जोशी

नयाँ दिल्ली । भारतको केन्द्रीय शिक्षामन्त्रीमा नियुक्त भएपछि प्रल्हाद जोशीको पहिलो प्रतिक्रिया सार्वजनिक भएको छ । उनले आफूलाई यस नयाँ जिम्मेवारीबारे जानकारी प्राप्त भएको र पूर्ण

Read More »

बाढीपहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौं । बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार आज बिहान ५ः०० बजेसम्म काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी

Read More »

नागढुङ्गा सुरुङमार्गको शिलालेखबाट केपी ओलीको नाम हटाएर इतिहास मेटाउँदै बालेन सरकार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता समेत रहेका बालेन्द्र साह (बालेन) नेतृत्वको सरकारले निर्माण सम्पन्न भएर सञ्चालनको तयारीमा रहेको नागढुङ्गा–नौबिसे सुरुङमार्गको शिलान्यासको अभिलेखबाट

Read More »