बैंकिङ क्षेत्रको उत्साहले सेयर बजार २६ अङ्कले बढ्यो, ७ अर्बमाथिको कारोबार

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ । बजार परिसूचक २६.५३ अङ्कले बढेर २ हजार ६२२ दशमलव २८ को विन्दुमा पुगेर बन्द भएको छ। यो १.०२ प्रतिशतको वृद्धि हो । आइतबार दिनभरको कारोबारमा बजार सकारात्मक देखिएको थियो। कुल २४८ कम्पनीका ३२८ वटा स्क्रिपको कारोबार भएकोमा १८५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ६३ वटा कम्पनीको सेयर मूल्य घटेको छ। आज कुनै पनि कम्पनीको सेयर मूल्य भने स्थिर रहेन ।

बजार बढेसँगै कारोबार रकममा पनि राम्रो वृद्धि देखिएको छ। दिनभरमा ७४ हजार ७५२ पटकको कारोबारबाट कुल १ करोड ६६ लाख ४३ हजार ११४ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १२ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बढ्दो बजारसँगै आज बजारमा उत्पादनमूलक बाहेक सबै परिसूचकमा वृद्धि देखिएको छ । सबैभन्दा धेरै वृद्धि बैंकिङ क्षेत्रमा २ प्रतिशत बराबर रहेको छ । कारोबार रकमका आधारमा आज साहस ऊर्जा सबैभन्दा अगाडि रह्यो। कम्पनी एक्लैको ५७ करोड ८६ लाखभन्दा बढीको सेयर कारोबार भयो। त्यसपछि क्रमशः बीपीसीएल र युनिभर्सल पावर कम्पनी कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहे ।

आजको बजारमा सप्तकोशी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। उक्त कम्पनीको सेयर मूल्यमा ९.९९ प्रतिशतको सकारात्मक सर्किट लागेको छ । त्यसैगरी विन्धवासीनी हाइड्रोपावरका लगानीकर्ताले ८.९७ प्रतिशत कमाएका छन्। सबैभन्दा धेरै गिरावट जोशी हाइड्रोपावर कम्पनीको ५.५७ प्रतिशतले भएको छ । आजको कारोबारसँग समग्र बजारको पुँजीकरण बढेर ४३ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ ।

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख, २९ माघ।  यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । चीनको ‘चाइना जियोलोजिकल

Read More »

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री कार्की

सोलुखुम्बु । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने स्पष्ट पारेकी छिन् । आज सोलुखुम्बु पुगेकी प्रधानमन्त्री कार्कीले नाम्चे र सल्लरीमा

Read More »

सत्ता कब्जा गर्नेहरुलाई मात्रै निर्वाचन अनिवार्य चाहिएको छ : दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देश जोगाउने, मुलुक जोगाउने, धर्म जोगाउने र संस्कृति जोगाउने पत्रकारिता देशमा चाहिएको बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै उनले

Read More »

टर्कीको संसद्मा सांसदबीच कुटाकुट

काठमाडौं । टर्कीको संसद्मा सत्तारूढ र विपक्षी दलका सांसदहरूबीच कुटाकुट भएको छ । विवादास्पद व्यक्तिलाई न्याय मन्त्रालयको जिम्मेवारी दिइएको भन्दै झगडा र कुटपिट भएको हो

Read More »

त्रिभुवन विमानस्थल आसपासका क्षेत्रमा एक महिनासम्म निषेधाज्ञा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा एक महिनासम्मका निम्ति निषेधाज्ञा जारी गरेको छ । बिहीबार (माघ २९)देखि लागु हुने गरी

Read More »

बँदेल आतंक रोक्न माग गर्दै उच्च अदालत सुर्खेतमा रिट दायर

सुर्खेत । कर्णालीका विभिन्न स्थानमा बँदेलको आक्रमण बढेपछि क्षतिपूर्ति माग गर्दै उच्च अदालत सुर्खेतमा रिट दायर गरिएको छ । बँदेल आतंक बढेको स्थानलाई विपद् संकट

Read More »