भारतमा ग्यास अभाव : बन्द हुन थाल्यो होटल र रेस्टुरेन्ट, निकालियो सिलिन्डरको ‘शवयात्रा’

काठमाडौं । अमेरिका–इजरायल र इरानबीचको जारी युद्धले भारतभर खाना पकाउने एलपीजी ग्यास अभाव भएको छ ।

धेरै शहरहरुमा खाली सिलिन्डरहरू बाहिर लामो लाइनमा देखिएको छ । साथै, ग्यास सिलिन्डरको कालोबजारी पनि भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

रिपोर्टका अनुसार, व्यावसायिक सिलिन्डरको मूल्य ४ हजार भारतीय रुपैयाँसम्म पुगेको छ । ग्यास अभावका कारण होटल र रेस्टुरेन्ट सञ्चालकहरूले व्यापार ठप्प पारेका छन् भने धेरै ठाउँहरूमा तालाबन्दी समेत भएको छ ।

यसैबीच, शुक्रबार राजधानी दिल्लीमा भारतीय कांग्रेस कार्यकर्ताहरूले ग्यास अभावको समस्यालाई लिएर केन्द्र सरकारको विरुद्धमा विरोध प्रदर्शन गरेका छन् । साथै, राजस्थानको जयपुरमा कांग्रेस कार्यकर्ताले विरोध प्रदर्शनको क्रममा सिलिन्डरको शवयात्रा निकालेका थिए ।

भारतमा ग्यास आपूर्ति संकट हुनमा प्रमुख दुई कारणहरू रहेको छ । ठूलो समस्या होर्मुज जलडमरूम बन्द हुनु हो । यो १६७ किलोमिटर लामो जलमार्गले फारसी खाडीलाई अरब सागरसँग जोड्छ । जारी युद्धका कारण अहिले यो मार्ग सुरक्षित छैन । खतराका कारण कुनै पनि तेल ट्याङ्करहरू यसबाट गुज्रिरहेका छैनन् । विश्वको २० प्रतिशत पेट्रोलियम पदार्थ यसबाट गुज्रिन्छ । साउदी अरेबिया, इराक र कुवेत जस्ता देशहरू पनि आफ्नो निर्यातको लागि यसैमा निर्भर छ । भारतले आफ्नो कच्चा तेलको ५० प्रतिशत र एलएनजीको आवश्यकताको ५४ प्रतिशत सोही मार्गबाट ​​आयात गर्छ । इरान आफैंले पनि यही मार्गबाट ​​निर्यात गर्छ ।

हालै अमेरिका र इजरायल मिलेरले इरानमाथि आक्रमण गर्‍यो । प्रतिकारमा इरानले युएई, कतार, कुवेत र साउदी अरेबिया लगायत देशहरूमा रहेका अमेरिकी अड्डाहरूलाई निशाना बनाएको छ ।

इरानी ड्रोन आक्रमणपछि भारतको सबैभन्दा ठूलो ग्यास आपूर्तिकर्ता कतारले आफ्नो एलएनजी प्लान्टमा उत्पादन रोकेको छ । यसले भारतको ग्यास आपूर्तिमा कमी आएको हो । भारतले आफ्नो एलएनजी आवश्यकताको ४० प्रतिशत (वार्षिक लगभग २ करोड ७० लाख टन) कतारबाट आयात गर्ने गर्छ ।

पद पाइन भने पार्टी छोडिदिन्छु भन्नेहरूको बिगबिगी छ : रास्वपाका सहमहामन्त्री

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यले पार्टीमा पद प्राप्त गर्न खोज्नेहरुको बिगबिगी रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । लुम्बिनीको प्रदेश

Read More »

सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाएकोमा जनमोर्चाको आपत्ति

काठमाडौं । राष्ट्रिय जनमोर्चाले विवादका हटाइएका सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ । आइतबार पार्टीका कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीद्वारा जारी विज्ञप्तिमा

Read More »

बालेन सरकारले धेरै गल्ती गरिसक्यो : धवल शम्शेर

काठमाडौँ : राप्रपा परित्याग गरेर नयाँ पार्टी बनाउन लागेका धवल शम्शेर राणाले बालेन शाह नेतृत्वको रास्वपाको एकल सरकारले धेरै गल्ती गरिसकेको बताएका छन्। सरकार गठनको

Read More »

लुम्बिनीको बजेट १ असारमा सार्वजनिक हुँदै, कृषि, रोजगारी र युवा उद्यमशीलतामा विशेष जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट असार १ गते प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । प्रदेश सभाको आठौं अधिवेशन

Read More »

काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा एकद्वार शुल्क प्रणाली लागू गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा फोहोरमैला व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत सेवा शुल्क संकलन गर्ने नीति अघि सारेको

Read More »

ढाकाको अन्तर्राष्ट्रिय मञ्चमा चम्कियो चिरायु डेन्टकेयर: नेपाली दन्त चिकित्सा क्षेत्रमै पहिलो ऐतिहासिक सफलता

काठमाडौं । नेपाली स्वास्थ्य क्षेत्रका लागि एउटा अभूतपूर्व र ऐतिहासिक गौरवको विषय थपिएको छ। काठमाडौंको अग्रणी दन्त स्वास्थ्य संस्था चिरायु डेन्टकेयरले बंगलादेशको राजधानी ढाकामा आयोजित

Read More »