सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाएकोमा जनमोर्चाको आपत्ति

काठमाडौं । राष्ट्रिय जनमोर्चाले विवादका हटाइएका सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ । आइतबार पार्टीका कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीद्वारा जारी विज्ञप्तिमा गुरुङमाथि सम्पत्ति तथा आर्थिक कारोबारमा प्रश्न उठेपछि जनदबाबका कारण हटाइएको स्मरण गराउँदै छानबिन प्रतिवेदन समेत सार्वजनिक नगरी उनलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्नु गलत भएको उल्लेख गरिएको छ ।

‘सम्पत्ति र आर्थिक कारोबार समेतका विवादमा मुछिएपछि जनताको विरोध र दबाबका कारण गृहमन्त्रीबाट हटाइएका सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्ति गरिएकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानआकर्षित भएको छ । उनलाई गृहमन्त्रीबाट हटाइसकेपछि पनि उनको समयमा निर्माण गरिएको गृहमन्त्रालयको सचिवालयलाई यथावत कायम राखिएको थियो ।’ विज्ञप्तिमा भनिएको छ, ‘रिक्त गृहमन्त्रीको पदमा अर्को व्यक्तिलाई नियुक्ति नगरी प्रधानमन्त्री स्वयंले आफूमा निहित गरिनु उक्त पदमा पुनः सुधन गुरुङलाई नियुक्त गर्ने उद्देश्य रहेको स्पष्ट थियो र अहिले त्यही उद्देश्यअनुसार उनलाई गृहमन्त्रीमा फर्काउने काम भएको पनि छ ।

गुरुङको आचरण र कार्यशैलीमाथि गम्भीर प्रश्न उठेपछि सरकारले आफू अनुकूलको छानबिन समिति बनाएकोमा हाल उक्त समितिको प्रतिवेदन समेत सार्वजनिक नै नगरिकन उनलाई पुनः गृहमन्त्रीको जिम्मेवारीमा फर्काउने सरकारको उक्त कार्यलाई हाम्रो पार्टीले कडा शब्दमा विरोध गर्दछ । यसका साथै सरकारको उक्त कार्यले छानबिन समिति स्वतन्त्र र निष्पक्ष नभएको कुरालाई पनि स्पष्ट गरेको छ । मानवधिकार आयोगको छानबिन प्रतिवेदनले फ्रि तिब्बतको पक्षमा नेपालमा टीओबी समूहमा गुरुङको संलग्नता रहेको सार्वजनिक गरेको परिप्रेक्ष्यमा उनलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्ने सरकारको कदमलाई समेत हामीले कडा शब्दमा विरोध गर्दछौँ ।’

पद पाइन भने पार्टी छोडिदिन्छु भन्नेहरूको बिगबिगी छ : रास्वपाका सहमहामन्त्री

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यले पार्टीमा पद प्राप्त गर्न खोज्नेहरुको बिगबिगी रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । लुम्बिनीको प्रदेश

Read More »

सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाएकोमा जनमोर्चाको आपत्ति

काठमाडौं । राष्ट्रिय जनमोर्चाले विवादका हटाइएका सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ । आइतबार पार्टीका कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीद्वारा जारी विज्ञप्तिमा

Read More »

बालेन सरकारले धेरै गल्ती गरिसक्यो : धवल शम्शेर

काठमाडौँ : राप्रपा परित्याग गरेर नयाँ पार्टी बनाउन लागेका धवल शम्शेर राणाले बालेन शाह नेतृत्वको रास्वपाको एकल सरकारले धेरै गल्ती गरिसकेको बताएका छन्। सरकार गठनको

Read More »

लुम्बिनीको बजेट १ असारमा सार्वजनिक हुँदै, कृषि, रोजगारी र युवा उद्यमशीलतामा विशेष जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट असार १ गते प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । प्रदेश सभाको आठौं अधिवेशन

Read More »

काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा एकद्वार शुल्क प्रणाली लागू गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा फोहोरमैला व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत सेवा शुल्क संकलन गर्ने नीति अघि सारेको

Read More »

ढाकाको अन्तर्राष्ट्रिय मञ्चमा चम्कियो चिरायु डेन्टकेयर: नेपाली दन्त चिकित्सा क्षेत्रमै पहिलो ऐतिहासिक सफलता

काठमाडौं । नेपाली स्वास्थ्य क्षेत्रका लागि एउटा अभूतपूर्व र ऐतिहासिक गौरवको विषय थपिएको छ। काठमाडौंको अग्रणी दन्त स्वास्थ्य संस्था चिरायु डेन्टकेयरले बंगलादेशको राजधानी ढाकामा आयोजित

Read More »