बालेन सरकारले धेरै गल्ती गरिसक्यो : धवल शम्शेर

काठमाडौँ : राप्रपा परित्याग गरेर नयाँ पार्टी बनाउन लागेका धवल शम्शेर राणाले बालेन शाह नेतृत्वको रास्वपाको एकल सरकारले धेरै गल्ती गरिसकेको बताएका छन्। सरकार गठनको १०० दिन नपुग्दै सरकारले धेरै गल्ती गरिसकेको उनको भनाइ छ।

प्रस्तावित पार्टीबारे जानकारी दिन आज आज काठमाडौंको जमलमा कार्यक्रम गरेर राणाले भने, ‘बालेन सरकारमाथि १०० दिन पनि नपुग्दै प्रश्न उठेको छ, यो सरकारले तमाम गल्तीहरू गरिसकेको छ।’ देशमा बालेन शाह नेतृत्वको सरकार असफल भयो भने जनताले विकल्प खोज्ने आफूहरूले विकल्प दिने उनको भनाइ थियो।

‘देशमा बालेन सरकार असफल भयो भने नेपाली जनताले एउटा विकल्प खोज्नेछन्, त्यो विकल्प भनेको कांग्रेस-एमाले-माओवादी-राप्रपा होइन, त्यो विकल्प राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र ल्याउने पार्टी हुनेछ। हाम्रो नयाँ बन्ने पार्टीले विकल्प दिनेछ। त्यो पार्टी अहिले स्थापना भइसक्थ्यो तर मलमास छ भनेर हो, मलमासपछि नाम, झण्डा, पार्टीको योजनालगायत आउनेछ।’

उनले आफूहरूको पार्टी तीव्र रूपमा जनताका बीचमा जाने पनि बताए। राप्रपा छाडेर उनले दुर्गा प्रसाईंसँग मिलेर नयाँ पार्टी बनाउन लागेका छन्।

पद पाइन भने पार्टी छोडिदिन्छु भन्नेहरूको बिगबिगी छ : रास्वपाका सहमहामन्त्री

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यले पार्टीमा पद प्राप्त गर्न खोज्नेहरुको बिगबिगी रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । लुम्बिनीको प्रदेश

Read More »

सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाएकोमा जनमोर्चाको आपत्ति

काठमाडौं । राष्ट्रिय जनमोर्चाले विवादका हटाइएका सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ । आइतबार पार्टीका कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीद्वारा जारी विज्ञप्तिमा

Read More »

बालेन सरकारले धेरै गल्ती गरिसक्यो : धवल शम्शेर

काठमाडौँ : राप्रपा परित्याग गरेर नयाँ पार्टी बनाउन लागेका धवल शम्शेर राणाले बालेन शाह नेतृत्वको रास्वपाको एकल सरकारले धेरै गल्ती गरिसकेको बताएका छन्। सरकार गठनको

Read More »

लुम्बिनीको बजेट १ असारमा सार्वजनिक हुँदै, कृषि, रोजगारी र युवा उद्यमशीलतामा विशेष जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट असार १ गते प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । प्रदेश सभाको आठौं अधिवेशन

Read More »

काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा एकद्वार शुल्क प्रणाली लागू गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा फोहोरमैला व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत सेवा शुल्क संकलन गर्ने नीति अघि सारेको

Read More »

ढाकाको अन्तर्राष्ट्रिय मञ्चमा चम्कियो चिरायु डेन्टकेयर: नेपाली दन्त चिकित्सा क्षेत्रमै पहिलो ऐतिहासिक सफलता

काठमाडौं । नेपाली स्वास्थ्य क्षेत्रका लागि एउटा अभूतपूर्व र ऐतिहासिक गौरवको विषय थपिएको छ। काठमाडौंको अग्रणी दन्त स्वास्थ्य संस्था चिरायु डेन्टकेयरले बंगलादेशको राजधानी ढाकामा आयोजित

Read More »