इजरायली हवाई आक्रमणमा एकै परिवारका १० सदस्यसहित २२ जनाको मृत्यु

गाजा सिटी, २६ असार । गाजाको नागरिक सुरक्षा निकायले बुधबार इजरायली हवाई आक्रमणमा कम्तीमा २२ जना नागरिकको मृत्यु भएको पुष्टि गरेको छ । मृतकमध्ये कम्तीमा छ जना बालबालिका रहेका छन् ।

एजेन्सीका प्रवक्ता महमुद बस्सालका अनुसार, खान युनिसको पश्चिमी क्षेत्रमा पर्ने अल–मावासी क्षेत्रमा एकै परिवारका १० जना सदस्य एकै आक्रमणमा ज्यान गुमाएका हुन् । अर्को हवाई आक्रमण गाजा सिटीको नजिकैको अल–शाटी शरणार्थी शिविरमा भएको थियो, जहाँ १० जना मारिएका र ३० भन्दा बढी घाइते भएका छन् । बस्सालका अनुसार, अल–शाटीमा मारिएका व्यक्तिहरू दुई फरक परिवारका हुन् ।

इजरायली सेनाले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । “विस्फोट यति ठूलो थियो कि भूकम्पजस्तै महसुस भयो,” प्रत्यक्षदर्शी ४० वर्षीय जुहेयर जुडेहले भने ।

यी आक्रमण इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच वाशिंगटनमा गाजामा हमासविरुद्ध जारी सैन्य अभियानबारे छलफल भइरहेका बेला भएका हुन् ।

“अब त हामीसँग भगवान् बाहेक अरू केही बाँकी छैन,” ३६ वर्षीया अबीर अल–शर्बासीले आक्रमणपछि भने ।

गाजा सिटीको अल–शिफा अस्पतालमा सयौं जना शोकमा डुबेका नागरिक आफ्ना प्रियजनको अन्तिम विदाइमा सहभागी भएका थिए । अस्पतालका निर्देशक मोहम्मद अबु सलमियाले बुधबार बिहान पत्रकारहरूसँग कुरा गर्दै इन्धन अभावका कारण अस्पताल केही घण्टाभित्रै सेवा बन्द हुने चेतावनी दिए ।

इजरायली आक्रमण र आपूर्ति प्रतिबन्धका कारण गाजाको स्वास्थ्य प्रणाली निकै संकटमा परेको छ ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा एक हजार २१९ जनाको मृत्यु भएको थियो, जसमा धेरैजसो सर्वसाधारण थिए । सोही घटनामा अपहरण गरिएका २५१ जनामध्ये अझै ४९ जना गाजामै बन्धक छन्, जसमा २७ जनाको मृत्यु भइसकेको इजरायली सेनाले जनाएको छ ।

इजरायलको प्रतिआक्रमणमा अहिलेसम्म गाजामा ५७ हजार ६८० भन्दा बढी मानिस मारिएको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसंघले यी तथ्याङ्कलाई विश्वसनीय मानेको छ । एएफपी

प्रधानमन्त्री बालेनले चुनावमा चडेको ल्याण्डरोभर गाडी भन्सार छलेर ल्याइएको खुलाशा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु वलीले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावमा प्रयोग गरेको ल्याण्डरोभर गाडी भन्सार छली गरेर ल्याइएको रहेको खुलाशा गरेकी छिन् ।

Read More »

रास्वपाको नयाँ नीतिः कार्यकारी र न्यायिक संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र कार्यकारी संयन्त्र र न्यायिक (अनुशासनसम्बन्धी) संयन्त्रलाई पूर्ण रूपमा अलग राख्ने नीति अघि सारेको छ । चितवनमा भएको प्रथम

Read More »

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

Read More »

संविधानको आधारभूत मर्ममाथि छेडखानी स्वीकार्य हुँदैन : आङ्देम्बे

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने बताएका छन्

Read More »

चर्को ट्राफिक जरिवाना खारेज तथा सुरक्षित सडकको माग गर्दै अभियान

काठमाडौं । ट्रेड युनियन कांगे्रससँग आबद्ध रहेको नेपाल यातायात मजदुर संघले सरकारले प्रस्ताव गरेको ट्राफिक जरिवाना साथै हालको सडक सुरक्षाको अवस्थालाई लिएर आपत्ति जनाएको छ

Read More »

संविधान संशोधनका नाममा लोकतन्त्र र संघीयतामाथि हस्तक्षेप स्वीकार्य छैन : आरेन राई

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले संविधान संशोधनका नाममा लोकतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि हस्तक्षेप गर्न खोजिए विरोध गर्ने चेतावनी दिएका छन् । सोमबार

Read More »