कांग्रेसले बेइमानी गर्यो भने एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउँछः दयाल बहादुर शाही

काठमाडौं : नेकपा (एमाले) का नेता एवं प्रतिनिधिसभा सदस्य दयालबहादुर शाहीले नेपाली कांग्रेस–एमाले जसले बेइमानी गरे पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा  उनले प्रचण्डलाई प्रधानमन्त्री बनाउनकै लागि कांग्रेस–एमाले एकअर्कामा बेइमानी नगर्ने बताएका हुन् ।

नेता शाहीले प्रचण्डले वर्तमान गठबन्धनमा दरार ल्याएर आफू प्रधानमन्त्री बन्ने चाल चालिरहेको उनले बताए । प्रचण्डले अहिले कांग्रेस–एमालेलाई बल्छीमा पार्न जाल बुनिरहेको पनि उनले बताए । ‘यो गठबन्धन सरकार ढल्नेबित्तिकै प्रधानमन्त्री भनेको प्रचण्ड हो । एमाले र कांग्रेसमा आउने दरारले, एमालेले. बेइमान गरे पनि कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बनाउँछ । कांग्रेसले बेइमान गरे पनि एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउँछ । प्रचण्डको मूल छट्पटी के छ भने यी दुईवटा पार्टीले झगडा गरे भने मेरो ३२ सिटको जादु चल्छ । प्रचण्डले जति जाल बुने पनि एमाले र कांग्रेस माछा होइनन्,’– उनले भने ।

साथै, फरक प्रसँगमा उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी दशा लागेर राजनीतिमा फर्किएको टिप्पणी गरे । उनले भने, ‘ओलीसँग ठेसिनेको जसका जसका दशा लागेका छन् नि, माधव, झलनाथ, प्रचण्ड । त्यस्तो विद्या भण्डारीको पनि दशा लागेको ठान्नुस् । उहाँले आराम गर्नेपर्ने ठाउँमा किन दशा लाग्ने बाटो रोज्नुभयो ? अचम्म लागिराखेको छ ।’

‘एमालेमा आएर उहाँ अध्यक्ष बन्ने रे नि ?’ भन्ने प्रश्नमा उनले विद्या भण्डारी केपी शर्मा ओलीका लागि सबैभन्दा सस्तो चुनौति रहेको बताए । उनले ओलीले माधव, झलनाथ, वामदेव, प्रचण्डजस्ता शक्तिहरुलाई सामना गरेर आएको बताउँदै उनले विद्या भण्डारी र इश्वर पोखरेलको नाटक ५/६ महिनाभन्दा नचल्ने बताए ।

‘सम्झिने, पानी छम्किने । यो पानीका फोृकामात्रै हो । प्रचण्डजस्तै आकार आएको चुनौति होइन । ओलीले सामना गरेका माधव, झलनाथ, वामदेव, सीपी, आरके सबैमध्ये सबैभन्दा सस्तो बेसाहा भनेको विद्या भण्डारीको हो । सबैभन्दा सस्तो चुनौति,’ उनलेभ ने, ‘एमालेजस्तो तीष्ण राजनीतिक शक्ति अरु छैन । बाहिरबाट माधव, झलनाथ, वामदेव, प्रचण्डले मादल ठोकिराख्नुभएको छ । ईश्वर पोखरेल र विद्या भण्डारी नाचिराख्नुभएको छ । यो नाटक पाँच/छ महिना पनि चल्दैन ।

प्रधानमन्त्री बालेनले चुनावमा चडेको ल्याण्डरोभर गाडी भन्सार छलेर ल्याइएको खुलाशा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु वलीले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावमा प्रयोग गरेको ल्याण्डरोभर गाडी भन्सार छली गरेर ल्याइएको रहेको खुलाशा गरेकी छिन् ।

Read More »

रास्वपाको नयाँ नीतिः कार्यकारी र न्यायिक संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र कार्यकारी संयन्त्र र न्यायिक (अनुशासनसम्बन्धी) संयन्त्रलाई पूर्ण रूपमा अलग राख्ने नीति अघि सारेको छ । चितवनमा भएको प्रथम

Read More »

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

Read More »

संविधानको आधारभूत मर्ममाथि छेडखानी स्वीकार्य हुँदैन : आङ्देम्बे

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने बताएका छन्

Read More »

चर्को ट्राफिक जरिवाना खारेज तथा सुरक्षित सडकको माग गर्दै अभियान

काठमाडौं । ट्रेड युनियन कांगे्रससँग आबद्ध रहेको नेपाल यातायात मजदुर संघले सरकारले प्रस्ताव गरेको ट्राफिक जरिवाना साथै हालको सडक सुरक्षाको अवस्थालाई लिएर आपत्ति जनाएको छ

Read More »

संविधान संशोधनका नाममा लोकतन्त्र र संघीयतामाथि हस्तक्षेप स्वीकार्य छैन : आरेन राई

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले संविधान संशोधनका नाममा लोकतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि हस्तक्षेप गर्न खोजिए विरोध गर्ने चेतावनी दिएका छन् । सोमबार

Read More »