बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सांसदहरुको जोड

काठमाडौँ, २६ असार । सांसदहरूले ‘सुप्राग्लेशियल लेक’ (हिमताल) फुट्दा गत मङ्गलबार बिहान रसुवास्थित नेपाल–चीन सीमास्थित ल्हेन्दे खोलामा आएको बाढीबाट धनजनको क्षति भएकाले उद्धारको पर्खाइमा रहेकाको तत्काल उद्धार, राहत व्यवस्थापन र पुनःस्थापनामा जोड दिनुभएको छ । आज सङ्घीय संसद्, राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उहाँहरूले विपद्सँग जुध्न, प्रकोपपूर्व, प्रकोप परिसकेपछि आपतकालीन चरण र पुनःस्थापनाको चरणमा सरकारले प्राथमिकताका साथ नीति कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

समितिका सभापति मायाप्रसाद शर्माले बाढीपीडितलाई समयमा उद्धार, राहत, पुनःस्थापना तथा पुनःनिर्माण गर्नुपर्ने तथा बस्ती र पूर्वाधार विपद्मैत्री निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । सांसद पदम परियारले बाढीबाट क्षति पुगेकालाई तत्काल राहत उपलब्ध गराउनुपर्ने र भत्किएका संरचना छिटोभन्दा छिटो पुनःनिर्माण गर्नुपर्ने बताउनुभयो ।  “हामीले विपद्का घटनापछि मात्र होइन, विपद् कसरी न्यूनीकरण र व्यवस्थापन गर्ने भन्नेमा उत्तिकै प्राथमिकता दिनुपर्छ,” उहाँले भन्नुभयो, “हाम्रो पूर्वतयारीको अवस्था निकै कमजोर छ । तसर्थ पूर्वतयारी र प्रतिकार्यमा लगानी बढाउनुपर्छ ।”

सांसद रुक्मिणी कोइरालाले उद्धार र राहत व्यवस्थापन समयमै गर्नुपर्ने तथा नाका खुलाउनुपर्नेमा जोड दिनुभयो । सांसद रेणु चन्दले विपद् व्यवस्थापन र पुनःस्थापनामा ध्यान दिन सरकारलाई सुझाव दिनुभयो । सांसद मदनकुमारी शाहले जतिबेला मनसुनजन्य विपद्को समस्या आउँछ, त्यतिबेलाभन्दा अग्रिम पूर्वतयारी आवश्यक रहेको बताउनुभयो । “विपद्पछि हामी उद्धार, राहत र पुनःस्थापनामा त फोकस गर्छौँ, तर पूर्वतयारी कसरी गर्ने र विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ भन्नेमा ध्यान दिन सक्दैनौँ,” उहाँले भन्नुभयो, “पूर्वतयारी र पूर्वसूचनालाई प्राथमिकता दिँदै नीतिमा पुनर्विचार आवश्यक छ ।”

सांसद श्रीकृष्ण अधिकारी, नरबहादुर विष्ट, सुमित्रा विसीलगायतले विपद्बाट पाठ सिक्नुपर्ने तथा पुनःस्थापना र उद्धार समयमा गर्नुपर्नेमा जोड दिनुभयो । जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै गत मङ्गलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ । विभागले ‘सेन्टिनेल’ उपग्रहबाट गरेको अध्ययनले हिमताल फुटेर बाढी आएको जनाएको छ । विभागका बाढीविद् विनोद पराजुलीले सुप्राग्लेशियल लेक फुट्दा बाढी आएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री बालेनले चुनावमा चडेको ल्याण्डरोभर गाडी भन्सार छलेर ल्याइएको खुलाशा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु वलीले प्रधानमन्त्री बालेन्द्र शाहले चुनावमा प्रयोग गरेको ल्याण्डरोभर गाडी भन्सार छली गरेर ल्याइएको रहेको खुलाशा गरेकी छिन् ।

Read More »

रास्वपाको नयाँ नीतिः कार्यकारी र न्यायिक संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीभित्र कार्यकारी संयन्त्र र न्यायिक (अनुशासनसम्बन्धी) संयन्त्रलाई पूर्ण रूपमा अलग राख्ने नीति अघि सारेको छ । चितवनमा भएको प्रथम

Read More »

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले संविधानका आधारभूत संरचनालाई यथावत राखेर अन्य विषयमा संशोधन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा

Read More »

संविधानको आधारभूत मर्ममाथि छेडखानी स्वीकार्य हुँदैन : आङ्देम्बे

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र सङ्घीय व्यवस्थामाथि अनावश्यक छेडखानी स्वीकार्य नहुने बताएका छन्

Read More »

चर्को ट्राफिक जरिवाना खारेज तथा सुरक्षित सडकको माग गर्दै अभियान

काठमाडौं । ट्रेड युनियन कांगे्रससँग आबद्ध रहेको नेपाल यातायात मजदुर संघले सरकारले प्रस्ताव गरेको ट्राफिक जरिवाना साथै हालको सडक सुरक्षाको अवस्थालाई लिएर आपत्ति जनाएको छ

Read More »

संविधान संशोधनका नाममा लोकतन्त्र र संघीयतामाथि हस्तक्षेप स्वीकार्य छैन : आरेन राई

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले संविधान संशोधनका नाममा लोकतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि हस्तक्षेप गर्न खोजिए विरोध गर्ने चेतावनी दिएका छन् । सोमबार

Read More »